Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको नाफामा ३०.१४ प्रतिशतको छलाङ्ग, अन्य सूचक कस्तो ?

मंगलबार, १७ बैशाख २०७६, ११ : ४७ मा प्रकाशित

सनराइज बैंकको नाफामा ३०.१४ प्रतिशतको छलाङ्ग, अन्य सूचक कस्तो ?

अर्थ संसार, काठमाडौं– सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफामा छलाङ्ग मार्न सफल भएको छ ।

  बैंक  तेस्रो त्रैमासमा १ अर्ब २२ करोड ६० लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।  सोही अवधीमा  गत वर्ष  ९४ करोड २१ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो । गत बर्ष भन्दा यो बर्ष
 बैंकको नाफा ३०.१४ प्रतिशतले बढी हो ।

सनराइजले तेस्रो त्रैमाससम्ममा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै बढाएको छ । बैंकको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिमा भन्दा ३७.६५ प्रतिश ले बढेर २ अर्ब ६४ करोड ३७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ९२ करोड ५ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
 
साथै, सञ्चालन नाफा गत वर्षको तुलनामा १८.५४ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ३७ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले १ अर्ब ४७ करोड ९४ लाख १ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । चैत मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
 
बैंकको जगेडा कोषमा २ अर्ब ४३ करोड ३६ लाख ३३ हजार रुपैयाँ रहेको छ । रिटेन्ड् अर्निङमा १ अर्ब १० करोड ५९ लाख ५५ हजार रुपैयाँ रहेको छ । बैंकले तेस्रो त्रैमास सम्म ७१ अर्ब ९१ करोड ५६ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६८ अर्ब ८१ करोड ५३ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
सनराइजको खराब कर्जा ०.०८ प्रतिशत ले घटेर १.३७ प्रतिशत पुगेको छ । गत वर्ष बैंकको खराव कर्जा १।४५५ थियो । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६४ पैसाले बढेर २० रुपैयाँ ५ पैसा पुगेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४१ पैसा रहेको छ । यसको चैत मसान्तसम्म आधारदर १०.४३ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५५ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको