Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशन सार्वजनिक

मंगलबार, १७ बैशाख २०७६, १२ : २२ मा प्रकाशित

ओपोद्वारा मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशन सार्वजनिक

अर्थ संसार, काठमाडौं– ओपोले मार्वेल्ससंगको सहकार्यमा को–ब्राण्डेड उत्पादन ओपो एफ ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशन नेपाली बजारमा विक्रि आरम्भ गरेको छ ।

विक्रि आरम्भवको सुरुवात कम्पनीले छानिएका प्रि–बुकर्सका साथमा एभेन्जर्सःईन्डगेमको स्क्रिनिङसंगै गरेको हो । अन्तरर्राष्ट्रिय ब्राण्डका रुपमा स्थापित हुनु र विश्वभरका यूवाजमातसंग सटिक संवाद गर्ने आफ्नो उद्देश्यार्थ ओपोले लोकप्रिय संस्कृति र कला सम्बद्ध विषयसंग साझेदारी तथा पहलहरु गरिरहेको हुन्छ ।

यस्तै साझेदारी तथा पहलको सटिक उदाहरणका रुपमा एफ ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशनलाई लिन सकिन्छ ।

‘धेरै ठूलो यूवाजमातले प्रतिकात्मक तथा शक्तिशाली मार्वेल स्टुडियोका एभेन्जर्सलाई आदर्शित गर्ने गरेका छन् । यही कुरालाई विशेष ध्यानमा राखि यूवामा र्वेल फ्यानहरुका लागि केही विशेष कोशेली दिने सोचका साथहामीले मोर्वेल स्टुडियोज् एभेन्जर्स ः ईण्डगेमसंग यो सहकार्य गरेका हौँ ।’

ओपो नेपालका प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘ मार्वेल्स एभेन्जर्सको बीरताबाट अभिप्रेरित हुँदै ओपो एफ ११ सिरिजपनि सेल्फी एक्स्पर्टको छवी भन्दामाथी उठ्दै परिस्कृत प्रयोग अनुभव र अहिले सम्मकै सर्वाधिक हिरोइक स्मार्टफोनका रुपमा कार्यगत पूर्णताका साथपोट्रेट मास्टरमा परिनत भएको छ ।’

रंग ः
एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशनको रंग, स्पेस ब्ल्यू ,चलचित्रएभेन्जर्स ः ईण्डगेमबाट प्रेरित छ । फोनमा रहेको नीलो ब्याकग्राउण्ड आकर्षक हेक्सागोनल ढाँचाबाट छोपिएको छ र ब्याक कभरमा ओपोको सिग्नेचर ग्राडियण्ट ईफेक्ट दिइएको छ । परिवर्तनशिलतथा रहस्यमय ब्रम्हाण्ड झैँ विचको स्टिल ब्ल्यूबाट दुबै तर्फ मिडनाइट ब्ल्यूमाफोनमा प्रयोग भएका रंगफिनिश,फरक फरक प्रकाशमा नाटकियरुपमा परिवर्तित हुन्छ ।

डिजाइन तथालोगो :

गाढा रातो मार्वेल्स एभेन्जर्स लोगोले नीलो ब्याकग्राउण्डलाई छेक्दै आकर्षक रातो–नीलो रंगको प्रस्तुतिमात्र नभइ फोनको दुबै तर्फ रहेका रातो स्विट्चलाई आकर्षक प्रस्तुति समेत दिन्छ । फोनको पछिल्तिर रहेको ठूलो कट लोगो र क्यामेरा माथि रहेको सानो पूर्ण लोगोले फोनलाई अझआकर्षक र प्रिमियम लुक्स प्रदान गर्छ ।

वालपेपर :

फोनको अघिल्तिर कम्पनीले निकै आकर्षक पानोरामिक स्क्रिन उपलब्ध गराएको छ । फोनलाई अनगर्दा यसमा प्रस्तुतहुने वालपेपरमा रहेको चहकिलो मार्वेल्स एभेन्जर्स लोगोले सहजै जो–कसैलाई अकर्षित गर्छ ।

क्याप्टेन अमेरिका प्रेरित केस

लिमिटेड ईडिशन अन्तर्गतका हरेक फोनमा क्याप्टेन अमेरिकामा आधारित केसको प्रयोग गरिएको छ । यो केसले हातमा बोक्दा सहजतामात्र नभइफोनलाई अतिरिक्त सुरक्षा र टिकाउपन पनिप्रदान गर्छ । फोनको केन्द्रमा रहेको फिञ्गर रिंग क्याप्टेन अमेरिकाको प्रतिकात्मक शिल्डबाट अभिप्रेरित रहेको छ । हेर्दा सुन्दर देखिनुका साथै यसले प्रयोगकर्तालाई भिडियो हेर्दा सहजताका साथै हातबाट फोन झर्ने सम्भावना न्यूनिकरणमा समेत सघाव पुर्याउँछ ।

प्याकेजबक्स

एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिशनको प्याकेजिङपनिविशेष डिजाइन तथाक्राफ्टेड प्रिमियम ब्ल्याककलरमा उपलब्ध गरिएको छ । कालो थर्मो प्रिण्टेड मार्वेल्स एभेन्जर्स लोगो निकै आकर्षक र प्रिमियम देखिन्छ । त्यसैगरी, हरेक बक्समा कलेक्टर्स तथा ईच्छुकका लागि स्ट्याम्प्ड कलेक्टर्स ब्याड्ज पनि उपलब्ध गरिएको छ ।
ओपो एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिसन फोनको मूल्य रु. ४९ हजार ९ सय ९० निर्धारण गरिएको छ । फोनको उपलब्धता स्टक सिमित रहुन्जेल मात्रहुने कम्पनीले जानकारी दिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको