Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एग्रो लघुवित्त र नेपाल एसविआई मर्चेण्ट बैंकिङ्गबीच सम्झौता

बुधबार, १८ बैशाख २०७६, ०८ : ३२ मा प्रकाशित

नेपाल एग्रो लघुवित्त र नेपाल एसविआई मर्चेण्ट बैंकिङ्गबीच सम्झौता

अर्थ संसार, काठमाडौं नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच मंगलबार शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि दुई पक्षीय बीच सम्झौता भएको छ ।

उक्त कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत छपि राज पन्त र नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गर्नुभएको हो ।

साथै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दाखिल खारेज लगायत सो सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, हात्तिसार, काठमाडौ मार्फत हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको