Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफको कोहलपुर शाखा उद्घाटन

बुधबार, १८ बैशाख २०७६, १७ : ०० मा प्रकाशित

नेशनल लाईफको कोहलपुर शाखा उद्घाटन

अर्थ संसार, कोहलपुर– नेशनललाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको कोहलपुर शाखाको उद्घाटन गरिएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जि(वी चापागाईले कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गर्नु  भएको हो । सो अवसरमा कम्पनीको नयाँ बीमा योजना अमृत श्री नामक अग्रिम भुक्तानी \आजीवन बीमा लेखको पनि अध्यक्षबाट शुभारम्भ गर्नु भएको छ ।

बीमा समितीको कार्यकारी निर्देशक राजुरमण पौडेल समेत उपस्थति रहेको सो कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमाप्रति आमनागरिकको विश्वास बढ्दै गईरहेको,नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनताले बीमा गरेको बताउदै अब बीमागाउँ केन्द्रितहुन आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्षले देशको आर्थिक विकासका लागि छरिएर रहेको पूँजिको एकिकृत गरी बीमा मार्फत सहि ठाउँमा प्रयोग भइरहेको स्पष्ट गर्नुभयो ।

विगतमा बीमा भुक्तानीमा केहि समस्या आईरहेको भएपनि अब बीमाबाट पाउनुपर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने अवस्था सिर्जना भएको र नेपालका सबै स्थानिय सरकारसँग सहकार्य गरी निर्जीवन बिमा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको अध्यक्षले स्पष्ट गर्नुभयो ।

विशेष गरी नेपाल कृषि प्रधान मुलुक भएकाले पछिल्लो समय कृषि बिमालाई प्राथमिकता दिनुपर्ने भन्दै आधुनिक कृषिको विकासका लागि नेपालका बिमा कम्पनीहरुले कृषि बीमामा जोड दिनुपर्ने अध्यक्षले बताउनु भयो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकिकरण गर्नर बीमा सेवालाई गाउँगाउँमा पुर्याउन आवश्यक रहेको विचार व्यक्तगर्नु भयो ।

उहाँले बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीमा २ अरब रुपैयाँ चुक्ता पूँजिहुनुपर्ने व्यवस्था भएकोमा कम्पनीको हाल ३ अर्व भन्दा बढी चुक्तापूँजी रहेको र केही समय भित्र बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी गराउनु भयो।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघका ७ सय ५५ जना सदस्यहरुलाई वार्षिक एक सयका दरले बीमा कार्यक्रम सुरुवात गरिएको र सबै व्यक्ति र क्षेत्रमा बीमागर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दक्तराज हमालले कम्पनीलाई प्रशासनिक कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो । कम्पनीको प्रदेश नं. ५ का प्रमुख रामचन्द्र तिवारीले कम्पनीको नयाँ बीमालेख अमृत श्री अग्रीमभुक्तानी\आजीवन सहितको विशेषताहरु बारे कार्यक्रममा जानकारी गराउनुभयो । कार्यक्रमको सहजिकरण कम्पनीका नेपालगञ्ज शाखा प्रमुखदिप नारायण खनालले गरेका थिए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको