Web Analytics Made Easy - StatCounter
शनिबार, २७ असार २०७७
यी कम्पनीका शेयरधनी मंगलबार मालामाल भए
मङ्गलबार, २४ बैशाख २०७६

अर्थ संसार, काठमाडौं– पुँजी बजार मंगलबार सामान्य अंकले बढेपनि मंगलबार हिमालयन डिष्टिलरी लिमिटेडको शेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ ।

हिमालयनको १०. प्रतिशतले शेयर मूल्य बढेर प्रतिकित्ता १६५० रुपैयाँमा पुगेको छ । यो कम्पनी आज एकै दिन १५० रुपयौले बढेको हो ।

त्यसै गरी  नागरिक लगानी कोषको प्रतिकित्ता ११३ रुपैयाँ बढेर २६३६ रुपैयाँ, ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्थाको प्रतिकित्ता ४९ रुपैयाँ बढेर १२४४ रुपैयाँ र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिकित्ता ३८ रुपैया बढेर ९९८ रुपैयाँ, ओरियण्टल होटल्स् लिमिटेडको प्रतिकित्ता ३७ रुपैयाले बढेर ५८५ रुपैयाँ र  सोल्टी होटल लिमिटेडेको प्रतिकित्ता १२ रुपैयाँ बढेर २४० रुपैयाँमा पुगेको छ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved