Like us!
Follow us!
Connect us!
Watch us!

मेघ गर्जनसहित बर्षा हुने

सोमबार, ३० बैशाख २०७६, १३ : २१ मा प्रकाशित

मेघ गर्जनसहित बर्षा हुने

अर्थ संसार, काठमाडौं– पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ ।

साथै मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस मौसमी प्रणालीको प्रभावले पश्चिमबाट बादल आएर मौसममा बदली हुनुका साथै छिटफुट वर्षा भएको हो ।

यो मौसमी प्रणाली मध्य र पूर्वतिर सर्ने क्रममा रहेको र अहिले मध्य क्षेत्रमा असर देखिएको महाशाखाका मौसमविद सुवास रिमालले जानकारी दिनुभयो । यो मौसमी प्रणालीको प्रभाव विस्तारै पूर्वतिर सर्नेक्रममा रहेको छ ।
पश्चिमतिरको आकाश सफा भए पनि पुनः अर्को मौसमी प्रणाली आउने देखिएकाले अझै केही दिन मौसममा आंशिकदेखि सामान्य बदली भइरहने महाशाखाले प्रक्षेपण गरेको छ । यो मौसमी प्रणाली पश्चिमको तुलनामा पूर्वमा बढी प्रभाव देखिने उहाँले बताउनुभयो ।

महाशाखले तीन दिनको मौसमी अवस्थाका बारेमा जानकारी दिँदै भोलि पनि मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै जेठ १ गते पनि देशभरीको मौसममा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको