Like us!
Follow us!
Connect us!
Watch us!

अर्बुद रोग निवारण संस्था काठमाडौं साखको अध्यक्षमा पुन: सुवाल

कमला भुसाल

शुक्रबार, ०३ जेठ २०७६, १७ : ३३ मा प्रकाशित

अर्बुद रोग निवारण संस्था काठमाडौं साखको अध्यक्षमा पुन: सुवाल

अर्थ संसार, काठमाडौं– नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला साखाको सभापतिमा पुन: अजयसिंह सुवाल चुनिएका छन् । संस्थाको शुक्रबार सम्पन्न अधिवेसनले सुवाललाई आगामी एक कार्यकालको लागि सर्वसहमत रुपमा सभापति चयन गरेको हो । सुवाल तेस्रो कार्यकालको लागि पनि सभापतिमा चयन भएका हुन् ।

बागबजार स्थित आरधान पार्टी प्यालेसमा आयोजित अधिवेसनले संस्थाका लागि १३ केन्द्रीय सदस्य समेत चयन गरेको छ । जसमा हरिगोपाल प्रधान, इशु श्रेष्ठ, बिरेन्द्र लाल श्रेष्ठ, रमेश महर्जन, मणिक रत्न शाक्य, किरण कुमार महर्जन, डा. बिमला शाक्य, श्रीकृष्ण महर्जन , राजेश श्रेष्ठ, फुपु तेन्जिङ शेर्पा, जुना श्रेष्ठ, दिब्य लक्ष्मी बज्राचार्य, निर्णय श्रेष्ठ लगायत रहेका छन् ।

पुन एक कार्यकालको सभापतिमा चयन भएपछि सभापति सुवालले संस्थाले पहिले गरेको सेवामुलक कामको जानकारी गराउदै आगामि दिनमा पनि संस्थालाई सेवामुखी संस्थाको रुपमा अगाडि बढाउने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको