Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षकले अबदेखि मासिक तलब पाउने

कमला भुसाल

विहीबार, २३ जेठ २०७६, १७ : ३८ मा प्रकाशित

शिक्षकले अबदेखि मासिक तलब पाउने

अर्थ संसार, काठमाडौं-  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले शिक्षकलाई अबदेखि मासिकरुपमा तलब उपलब्ध गराउने भएको छ । शिक्षण पेशाका कर्मचारीलाई चौमासिक तलब भुक्तानी गर्दा सधैँ आर्थिक समस्यामा परिरहने अवस्थाको अन्त्य गर्न नगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ ।

चौमासिक तलब भुक्तानीलाई अन्त्य गर्दै हरेक महीनाको ५ गतेभित्र मासिक तलब निकासा गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताए। शिक्षक, कर्मचारी र बालविकासका सहयोगीसमेतलाई अबको आर्थिक वर्षबाट मासिकरुपमा तलब निकासा गर्ने बताइएको छ । “अबको चरण भनेको गुणस्तरीय शिक्षाको हुनेछ जसको पहिलो कडी शिक्षकको आर्थिक समस्यालाई हल गर्दै चौमासिक तलबलाई हामी मासिक गराउने छौँ । शिक्षा क्षेत्रमा केही नयाँ अभ्यास गर्ने चरणमा छौँ हामीले सधैँ शैक्षिक गुणस्तरका कुरा गर्यौ, यो भएन त्यो भएन भन्यौँ तर शिक्षकलाई हेरेनौँ”, नगरप्रमुख तामाङले बताए ।

नगरपालिकाभित्रका सबै तहका गरेर ४५१ शिक्षक, लेखा कर्मचारी, कार्यालय सहयोगी र ६५ वटा बालविकासका सहयोगीसमेतलाई मासिक तलब भत्ताको व्यवस्था गर्न कठिन भए पनि शिक्षक, कर्मचारीको हितमा नयाँ अभ्यासको थालनी गर्ने निर्णय गरिएको नगरप्रमुख तामाङको भनाइ छ । हालसम्म पनि शिक्षकहरुले चौमासिक तलब भुक्तानी पाउँदै आएकामा सम्भवतः मासिक तलब भुक्तानीको निर्णय गर्ने चौतारा साँगाचोकगढी पहिलो नगरपालिका बनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको