Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार बढ्ने बेलामा घट्नुको मुख्य कारण : लगानिकर्ताको कमजोर कन्फिडेण्ट

मंगलबार, ०३ असार २०७६, ०९ : ४८ मा प्रकाशित

शेयर बजार बढ्ने बेलामा घट्नुको मुख्य कारण : लगानिकर्ताको कमजोर कन्फिडेण्ट

बजारको मनोबिज्ञान बलियो भएको समयमा सानो सानो पोजेटिभ इस्युहरुमा पनि बजारमा उछाल आउने प्रवृत्ति हुन्छ।

तर, विगत लामो समय देखि बजारको मनोबिज्ञान कमजोर अबस्थामा रहेकोले पछल्लो समयमा बजेट लगायतका फ्याक्टरहरुबाट देखिएका निकै सकारात्मक इस्युहरुलाइ बजारले सदुपयोग  गर्न सकिरहेको छैन।

भावी मौद्रिक नितिमा बजारको मुख्य चासो : बिग मर्जर, लाभकर, मार्जिन लेण्डिङ,  ब्याजदर लगायतका वित्त बजारसंग सम्बन्धित सवालहरुमा छ। शेयर बजारमा  मुद्रा बजारको पनि प्रभाव पर्ने भएकोले आगामी मौद्रिक नितिलाइ चसोको रुपमा हेरिएको अनुमान गर्न सकिन्छ।  

त्यसो त बजेट र मौद्रिक नीति बिचको समयावधिमा बजार ऋणात्मक रहदै आएको नजिर पनि देखिन्छ। यसबाट लगानिकर्ताहरुले बजेटबाट उठान भएका बजार विकासका कुराहरुलाइ मौद्रिक नितिले कसरी  अगाडि बढाउला भन्नेमा ध्यान केन्द्रीत गरेको अनुमान गर्न सकिन्छ।

यद्यपि  अर्थमन्त्रीले  पुँजि बजारमा  मौद्रिक नितिको छाँया पर्न नहुने आसयको अभिव्यक्ति सार्वजनिक गरि सकेका छ्न्। तरपनी लगानिकर्ता कन्भिन्स हुन सकिरहेका छैनन।

भावी मौद्रिक नितिमा बजारको मुख्य चासो : बिग मर्जर, लाभकर, मार्जिन लेण्डिङ,  ब्याजदर लगायतका वित्त बजारसंग सम्बन्धित सवालहरुमा छ। शेयर बजारमा  मुद्रा बजारको पनि प्रभाव पर्ने भएकोले आगामी मौद्रिक नितिलाइ चसोको रुपमा हेरिएको अनुमान गर्न सकिन्छ।  

अल्पकालीन ट्रेड , चर्को ब्याजदर, अधिक आपुर्ती जस्ता पछिल्लो समय ‘‘रैथाने समस्या’’ बनेका केही सवालहरुले पनि बजार बुस्ट हुन सकिरहेको छैन। समग्रमा यो आर्थिक बर्षमा सुचिकृत सस्थाहरुका वित्तीय विवरणहरु बलिया देखिएकोले बजार घट्नु पर्ने कारण देखिदैन।

मुख्य कुरा लगानिकर्ताहरुमा कन्फिडेण्ट देखिनुपर्यो , पछिल्लो समय देखिएका   फ्याक्टरहरु बजार मैत्री नै छ्न्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको