Like us!
Follow us!
Connect us!
Watch us!

‘जाम न माया जाम’ ट्रेण्डिंगमा

मिलन खड्का

शनिबार, ३२ जेठ २०७६, १२ : १८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-फिल्म ‘मारुनी’ को गीत ‘जाम्न माया जाम’ युट्युब नेपालको टप १० ट्रेण्डिंगमा आइसकेको छ  । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड् स्टारर यो गीतको भिडियो मंगलबार सार्वजनिक भएको थियो । 

दिपक बज्राचार्यको संगीत तथा स्वर रहेको गीतलाई कोरियोग्राफी भने प्रविण सिंहले गरेका छन् । यो गीतको शब्द रिक्की शाक्यले लेखेका हुन् । नवल नेपालको निर्देशन रहेको फिल्म ‘मारुनी’ को निर्माण पुनम गौतम क्षेत्रीले गरेकी छन् । फिल्मको कथा निर्देशक नेपाल र गोविन्द्र फुयालले तयार पारेका हुन् ।फिल्मलाई संजय लामाले छायांकन गरेका छन्, भने मित्र डि। गुरुङले सम्पादन गरेका हुन् ।

पुष्प र साम्राज्ञीको साथमा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै लगायत कलाकारको अभिनय रहेको यो फिल्म भदौ १३ गते देखि प्रदर्शन हुने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको