Like us!
Follow us!
Connect us!
Watch us!

गुठी विधेयको विरोधले माइतीघर सडक ठप्प, यस्तो छ सवारी डाइभर्सन

अर्थ संसार

बुधबार, ०४ असार २०७६, १२ : २३ मा प्रकाशित

गुठी विधेयको विरोधले माइतीघर सडक ठप्प, यस्तो छ सवारी डाइभर्सन

अर्थ संसार, काठमाडौं– गुठी विधेयकको विरोधमा बुधबार माइतघर मण्डलमा  विशाल जनप्रदर्शन भएको छ ।

काठमाडौँ उपत्यका स्थित माईतीघर मण्डलमा भइरहेको गुठी बिधेकको बिषयलाई लिएर भई रहेको कार्यक्रमका कारण उक्त स्थान हुँदै गुडने सवारी साधनलाई निम्नअनुसार डाइभर्सन गरेर चलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

१.सिंहदरबार पूर्वीगेटबाट आउने सवारी साधनलाई नयाँ बानेश्वर तर्फ पठाईएको छ ।
२.कुपण्डोलबाट माइतीघर हुँदै सिंहदरबार आउने सवारी साधनलाई करीडोको बाटो पठाईएको छ ।
३.त्रिपुरेश्वरबाट आउने सवारी साधनलाई कालीमाटी तर्फ पठाईएको छ ।
४.नयाँ बानेश्वरबाट आउने सवारी साधनलाई शंखमुल तर्फ पठाईएको छ ।
५.पुरानो बसपार्कबाट सिंहदरबार हुँदै थापाथली र नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई पदमोदयमोडबाट डाईभर्सन गरिएको छ ।
६.भद्रकालीबाट आउने सवारी साधनलाई त्रिपुरेश्वर तर्फ पठाईएको छ ।
७.पुतलीसडक, सिंहदरबार हुँदै चल्ने सवारी साधनलाई न्यु प्लाजाबाट अनामनगर थापागाउँ हुँदै नयाँ बानेश्वरतर्फ चलाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको