Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश सिरोहिया भन्छन्- शंका लागे नागरिकता अनुसन्धान गर्नु !

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, २१ : ०२ मा प्रकाशित

कैलाश सिरोहिया भन्छन्- शंका लागे नागरिकता अनुसन्धान गर्नु !

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफ्नो नागरिकताका विषयमा अनुसन्धान गर्न चुनौती दिएका छन् । एक विज्ञप्ति जारी गर्दै सिरोहियाले शंका लागेमा नागरिकता बारे अनुसन्धान गर्न चुनौती दिएका हुन् । 

धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएपछि उनले आफ्नो नागरिकताबारे स्पष्ट गर्दै शंका लागे अनुसन्धान गर्न चुनौती दिएका छन् ।

उनले भनेका छन्- 'मैले २०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०१७ मा प्रतिलिपि लिएको हुँ । जसमा २०३३र३४ को प्रतिलिपिअनुसार’ भनेर स्पष्ट उल्लेख छ । नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन ।'

उनले अगाडी भनेका छन्- ‘त्यस्तै हिमालयन रि– इन्स्योरेन्सको प्रबन्ध पत्रमा टाइप गर्दा नम्बर गलत भएको कम्पनीले नै जानकारी दिएको छ । अझ, प्रबन्ध पत्रसहित कम्पनी राजस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा मेरो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्य तथ्य आफैँ स्थापित हुन्छ। राज्यलाई शंका लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्छ, जिम्मेवार नागरिकका हैसियतमा म हार्दिक स्वागत गर्दछु ।’

उनले कसैको नाम उल्लेख नगरी कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले ‘स्टन्टबाजी’ गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुने समेत बताएका छन् ।

साथै उनले विज्ञप्तिमा विभिन्न कालखण्डका शासकहरूले विगतमा पनि यस्ता हत्कन्डा गरेको उल्लेख गर्दै कान्तिपुरले गर्दै आएको निर्भीक पत्रकारिता आफैमा पर्याप्त जवाफ भएको उल्लेख गरेका छन् ।

662fba3910ced.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको