Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँमा संगै बनेपामा पनि सिरिन्ज आतंक

रबिन दङगाल

विहीबार, १२ असार २०७६, ११ : २९ मा प्रकाशित

काठमाडौँमा संगै बनेपामा पनि सिरिन्ज आतंक

अर्थ संसार, काठमाडौँ- काठमाडौँमा देखिएको सिरिन्ज आतंक गत १ महिना दखि बड्दै आएको छ । काठमाडौँमा यस्ता  घट्ना  पछिल्ला दिनहरुमा देखिदै आएको थियो ।   

राजधानीमा  सिरिन्ज आतंक फैलिएसंगै राजधानीसंगै जोडिएको बनेपा नगरपालिका- ८ करुणा मार्गमा बस्दै आएकी युवतीलाई सिरिन्ज प्रहार गरिएको हो। उनलाई गत राति  सिरिन्ज आतंक भएको हो ।  राति सवा ८ बजे दिदिको घरबाट १३ वर्षकी छोरी सहित् फर्किदैगर्दा बनेपाको बजारमा एक युवतीले सिरिन्ज हानेरह फरार भएको युवतीले बताईन।

भोलिपल्ट ती युवतीलाई टेकु मा रहेको सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले जाच गरे। तत्कालै एचआईभी एड्स  विरुद्धको औषधी खान दिए ।

इलाका प्रहरी कार्यालय बनेपाले अपराधमा संग्लग्न जो कोहि भएपनि नछोड्ने र अनुसन्धान शुरु भएको बताए । काठमाडौँमा यस्ता धेरै घट्ना भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको