Like us!
Follow us!
Connect us!
Watch us!

रु २५ करोड माथी राजस्व सङ्कलन गर्ने  चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने

रबिन दङगाल

सोमबार, १६ असार २०७६, १३ : ५५ मा प्रकाशित

रु २५  करोड माथी  राजस्व सङ्कलन गर्ने   चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने

 

अर्थ संसार , चितवन-  चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने भएको छ । 

पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जिप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । उनले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको हो। 

निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सात वटा जिप निकुञ्जमा छिर्ने गर्दछन् । ती जिपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ । निकुञ्ज प्रवेशबापत एउटा जिपले एकपटकमा रु पाँच हजार राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले रु १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र विदेशीले रु दुई हजार राजस्व बुझाउने गर्दछन् । ढकालले दशैँ अगाडि भित्री सडक मर्मत गरी जिप सञ्चालनको अनुमति दिइने जानकारी दिए । निकुञ्जको मुख्य आम्दानीमा पर्यटकको राजस्व पर्ने गर्दछ । 

यस वर्ष जेठसम्ममा रु २७ करोड राजस्व सङ्कलन भइसकेको छ । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक निकुञ्ज घुम्न आउने गर्दछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको