Like us!
Follow us!
Connect us!
Watch us!

मैदानमा झगडा गरेपछि मेस्सीलाई रेड कार्ड, अर्जेन्टिना तेस्रो

मिलन खड्का

आइतबार, २२ असार २०७६, ०८ : ४९ मा प्रकाशित

मैदानमा झगडा गरेपछि मेस्सीलाई रेड कार्ड, अर्जेन्टिना तेस्रो

अर्थसंसार,काठमाडौँ-अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ । शनिबार सम्पन्न खेलमा  अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो ।

खेलको १२औं मिनेटमा मेसीको पासमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । २२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

३७औं मिनेटमा मेस्सी र मेडेल एक अर्काविरुद्ध मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्सीको करियरकै दोस्रो रातो कार्ड हो। उनलाई अर्जेन्टिना जर्सीमा राम्रो खेल्न नसकेको दोष लाग्दै आएको छ । 

पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो । ५९औं मिनेटमा अर्टुरो भिडलले पेनाल्टी मार्फत गोल गर्दै चिलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, थप गोल हुन नसक्दा डिफेन्डिङ च्याम्पियन चिली पराजित हुन पुग्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको