Like us!
Follow us!
Connect us!
Watch us!

मौलिक तिजको कोशेली ”दिदि भाई ”  सार्वजनिक

रबिन दङगाल

मंगलबार, २४ असार २०७६, १५ : २४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–गायिका उमा खड्काको आवाजमा तिज गीत ”दिदि भाई ” सार्वजनिक ।मौलिक तिजको कोशेली ”दिदि भाई ”  सार्वजनिक । 

महिलाहरुको महान चार्ड तिज आउन अझ केहि महिना बाँकी छ तर तिजका गीतहरु भने सार्वजनिक हुने क्रम सुरु भएको छ । यसै विचमा न्यु अन्जना डिजिटल मिडियाको प्रस्तुतीमा गायक अर्जुन पन्त र गायिका उमा खड्काको आवाजमा सजिएको मौलिक तिजको कोशेली ”दिदि भाई ” गीतको भिडियो बजारमा आएको छ। 


दिदि भाई विचको मायालाई चार्ड पर्व सगँ जोडिएको छ । जस्तो अवस्थामा भएपनी आफनो माइतिलाई नविसर्न आग्रह गायकले गरेका छन । आफनो मन नदुखाउन आग्रह दिदिले पनी गरेकी छन । अर्जुन पन्तको शब्द तथा उमा खड्काको लय सिर्जना गीतमा रहेको छ  । 


याम थापा मगरको एरेन्ज गीतमा रहेको छ  । दिनेश मुस्कानको छायाँकन , गोपाल कुमार विसीको सम्पादन तथा दिनेश मुस्कानको निर्देशन भिडियोमा रहेको छ । ”दिदि भाई ” गीतको भिडियोमा अर्जुन पन्त र दुर्गा पाठकको लोभलाग्दो अभिनय रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको