Like us!
Follow us!
Connect us!
Watch us!

सिरिया आक्रमणमा सात बालबालिकाको मृत्यु

रबिन दङगाल

मंगलबार, २४ असार २०७६, १७ : ०० मा प्रकाशित

सिरिया आक्रमणमा सात बालबालिकाको मृत्यु

अर्थ संसार, राष्ट्रसंघ– सिरियाको उत्तर पश्चिमी क्षेत्रमा यसै साताहान्तमा भएका आक्रमणमा कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघका एक प्रवक्ताले बताएका छन् ।

राष्ट्रसंघका महासचिवका प्रवक्ता फरहान हकले माहम्बेल गाउँमा गत सप्ताहान्तमा भएको आक्रमणमा कम्तीमा सात बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको बताए ।

हकले यसै वर्ष त्यस क्षेत्रमा भएका विभिन्न आक्रमणमा कम्तीमा १४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिए ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिता फोरले केही हप्तादेखि तिब्र रुपमा वृद्धि भएको हिंसात्मक आक्रमणबाट बालबालिकाको मृत्यु हुनेक्रम एकाएक बढेको बताए ।

एक विज्ञप्ति जारी गर्दै उहाँले व्दन्दरत सबै पक्षलाई हिंसात्मक घटनाबाट बालबालिकालाई सुरक्षित गर्न आग्रह गरेका  छन् ।

सन् २०१८ को सेप्टेम्बरमा रुस र टर्कीले उत्तर पश्चिमी सिरियाको इडलिबमा युद्धविराम गराउन मध्यस्थता गरेका थिए । यो क्षेत्र विद्रोहीहरुको अन्तिम तर सबैभन्दा ठूलो क्षेत्र हो । 
सरकारी फौज र विद्रोहीले पछिल्लो समय उक्त युद्धविराम उल्लंघन गरेका विवरणहरु आउन थालेका छन् । युद्धविरामको उल्लंघनसँगै निहत्था नागरिक हिंसाको चपेटामा परेको मानव अधिकारवादी संस्थाहरुले जनाएका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको