Like us!
Follow us!
Connect us!
Watch us!

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

रबिन दङगाल

विहीबार, २६ असार २०७६, ११ : ०० मा प्रकाशित

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

अर्थ संसार, चितवन- पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–६ हर्दी चोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ का ३५ वर्षीय दुख माझी रहेका छन् ।

पूर्वतर्फ गइरहेको ना ५ ख ७२९३ नम्बरको ट्रकले बाटो काट्ने क्रममा गए राति ठक्कर दिएको थियो । गम्भीर घाइते भएका माझीको उपचारको क्रममा राति नै भरतपुर अस्पतालमा मृत्यु भएको हो । माझीसंँगै ट्रकको ठक्करबाट घाइते भएका सोही ठाउंँ निवासी ४५ वर्षीय गोविन्द माझीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको