Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गाले पूर्णिमा र भार्गवलाई प्राप्ति गर्दै, तीन वटैले एजिएम गर्दै

अर्थ संसार

शुक्रबार, २७ असार २०७६, १० : ५१ मा प्रकाशित

शाइन रेसुङ्गाले पूर्णिमा र भार्गवलाई प्राप्ति गर्दै, तीन वटैले एजिएम गर्दै

अर्थ संसार, काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गर्ने भएको छ ।

शुक्रवार तीनओटै कम्पनीले छुट्टाछुट्टै साधारणसभामा प्राप्तिसम्बन्धी प्रस्तावलाई अन्तिम रूप दिनेछन् । शाइन रेसुंगाले भार्गव र पूर्णिमालाई प्राप्ति गर्न दुवै बैंकको चलअचल सम्पत्तिको मूल्यांकन प्रतिवेदन अनुमोदन गरी दुवै बैंकको शेयरमूल्य (स्वाप रेशियो) निर्धारण गर्नेछ ।

दुवै बैंकलाई प्राप्ति गरेपछि बैंकको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व प्रतिशत फेरबदल हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावसमेत शुक्रवारको सभाले पारित गर्नेछ ।

साथै, दुवै बैंकलाई प्राप्ति गरेपछि हुन आउने चुक्ता पूँजीको ४ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई समेत शाइन रेसुंगाले अन्तिम रूप दिनेछ । हाल दश जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक दुई बैंकलाई प्राप्ति गरेपछि राष्ट्रिय स्तरको विकास बैंक बन्नेछ ।

हाल शाइन रेसुंगाको चुक्ता पूँजी रू. १ अर्ब ६२ करोड २६ लाख ६५ हजार छ भने भार्गव विकास बैंकको रू. ५० करोड १६ लाख र पूर्णिमा विकास बैंकको रू. ५५ करोड १२ लाख ८३ हजार छ । तीनओटै बैंक एक भएपछि रू. २ अर्ब ६७ करोड ५५ लाख ४८ हजार चुक्तापूँजी कायम हुनेछ ।

शाइन रेसुंगासँग मर्जर प्रयोजनका लागि पूर्णिमा र भार्गवको शेयर कारोबार बन्द छ । शाइन रेसुंगाको बुटवल, पूर्णिमाको रूपन्देही र भार्गवको साधारणसभा नेपालगञ्जमा हुने तय भएको छ ।

विशेष साधारणसभा प्रयोजनका लागि शाइन रेसुंगाले असार १९ गतेदेखि बुक क्लोज गरेको छ भने पूर्णिमाले फागुन २७ गते र भार्गवले जेठ १ गते बुक क्लोज गरेको छ । बुक क्लोजभन्दा १ दिनअघिसम्म कायम शेयरधनी सभामा भाग लिन सक्छन् ।

त्यस्तै, पूर्णिमा विकास बैंक तथा भार्गव विकास बैंकको प्रतिनिधित्व गर्दै  शाइन रेसुंगाको शेयर सदस्य समेत हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको