Like us!
Follow us!
Connect us!
Watch us!

झडपमा पाँच सैनिक र ११ लडाकू मारिए

रबिन दङगाल

मंगलबार, ३१ असार २०७६, १६ : ०४ मा प्रकाशित

झडपमा पाँच सैनिक र ११ लडाकू मारिए

अर्थ संसार, मैमाना-  अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सेनाको जाँचचौकीमा गएको राती रातभरी सुरक्षा अधिकारी र  तालिबान लडाकूबीच भएको एक झडपमा परी पाँच सैनिक र ११ लडाकूको मारिएका छन् । 

पासतुन कोट जिल्लाको नजिर अबाद इलाकामा रहेको जाँचचौकीमा सशस्त्र लडाकू समूहले गरेको आक्रमणपछि सेनाले कारबाही शुरु गरेका सेनाका प्रवक्ता हानिफ रजाईले सिन्ह्वा समाचार समितिलाई बताएका छन्  ।

यस झडपमा परी चार सैनिक र सात लडाकू घाइते भएका पनि रेजाईले थप जानकारी दिनु भएको छ ।  
आफगानिसतानको राजधानी काबुलबाट करिब ४ सय २५ किलोमिटर उत्तरपश्चिमा रहेको यस प्रान्तमा लामो समययता सरकारी सुरक्षाबल र तालिबान लडाकूबीच झडप जारी रहेको छ ।

युद्ध आक्रान्त यस देशमा रहेका ३४ ओटा प्रान्तमा २० भन्दा बढीमा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच झडप जारी रहेको छ ।
गत अप्रिल तालिबान लडाकू समूहले सरकारसँग भीषण विद्रोहको घोषणा गरेयता सो प्रान्तहरुमा झडप जारी रहेको छ । तालिबान लडाकू समूह हरेक वर्ष यसप्रकार भीषण आक्रमणको घोषणा गर्दै आएका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको