Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइनबाटै यसरी निकाल्नुहोस् स्थायी लेखा नम्वर ‘प्यान’ (भिडियोसहित)

मिलन खड्का

आइतबार, ०५ साउन २०७६, ०६ : ५५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  सरकारले यस आर्थिक वर्ष देखि हरेक व्यक्तिलाई तलब भत्ता सुबिधा लिनको लागि बैंकमा खाता र  स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ ।

र्थात: अब कमाइ गर्ने हरेकले सरकारले दिने स्थायी लेखा नम्बर (प्यान) लिन पर्ने हुन्छ । स्थायी लेखा नम्बर (प्यान) लाई अनिवार्य गरेपछी यो स्थायी लेखा नम्बर कसरी निकाल्ने दुबिधा लाई हामी निराकर गर्न खोज्नेछौं ।

अनलाइबाट सजिलैसँग स्थायी लेखा नम्वर (प्यान) निकाल्न यसो गर्नुहोस् ।

नोट : सजिलोको लागि तलको भिडियो हेर्नुहोस्

  • सर्व प्रथम आन्तरिक राजस्व विभागको वेभसाइट www.ird.gov.np मा जानुहोस्

  • www.ird.gov.np को होम पेजमा Taxpayer मा क्लिक गर्नुहोस र Registration मा क्लिक गर्नुहोस । त्यसपछि Application For Registration मा क्लिक गरी नाम थर भएको बक्समा आफ्नो नाम र थर लेखेर भर्नुहोस् ।

  •  User Name मा आफूले सम्झिन सजिलो  हुने नाम राख्नुहोस् अनि Password हाल्नुहोस् र फेरि अर्को बक्स Re password मा राख्नुहोस् । आफ्नो सम्पर्क नम्बर र Email ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना IRO नम्बरमा खुलाउनुहोस् । त्यसपछि Ok बटनमा थिच्नुहोस् ।

  •  अब तपाइको व्यक्तिगत विवरण माग्छ । सो अनुसार आफ्नो सम्पूर्ण विवरण भर्नुहोस्  र Submit गर्नुहोस ।

  •  Submit भएपछि Print थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् ।

  •  उक्त प्रिन्ट कपि लिएर सम्बन्धित राजश्व कार्यालयमा जानुहोस् ।

  •  राजश्व कार्यालयले तपाईंलाई विवरण जाँच गरेर Pan कार्ड दिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको