Like us!
Follow us!
Connect us!
Watch us!

५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व

रबिन दङगाल

मंगलबार, ०७ साउन २०७६, १० : ५७ मा प्रकाशित

५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व

अर्थ संसार, भद्रपुर- मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५-७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए।
 
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४-७५ बाट सरी आएका १७ तथा गत आव २०७५-७६ मा दर्ता भएका ५३२ गरी कूल ५४९ मुद्दामध्ये ५३० फछ्र्याेट भएका थिए ।
  
झापाका विभिन्न नाकाबाट अवैधरूपमा हुने चोरीका मुद्दामा निकासी भन्दा पैठारीका बढी हुने गरेको भन्सार मुद्दा शाखाका नायवसुब्बा छत्रबहादुर आलेमगरले बताए । चोरीपैठारीमा यातायातका साधनदेखि मोटरपार्ट्स, खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान रहेका छन् ।
 
अवैधरूपमा हुने चोरीपैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारीसमेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको