Like us!
Follow us!
Connect us!
Watch us!

चीनले २९ हजार फुटबल मैदान बनाउने

रबिन दङगाल

मंगलबार, ०७ साउन २०७६, १४ : ५८ मा प्रकाशित

चीनले २९ हजार फुटबल मैदान बनाउने

अर्थ संसार, बेइजिङ – चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । 

चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए ।

गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए । उहाँले भन्नुभयो – सबै आकारका फुटबल मैदान गणना गर्दा प्रत्येक स्कुलमा ६०० विद्यार्थीका लागि १ प्रतिशत मात्र मैदान उपलब्ध हुन्थ्यो ।

सन् २०१५ देखि २०१८ सम्म मुलुकभरका स्कुलमा करिब ३२ हजार फुटबल मैदान निर्माण र स्तरोन्नति गरिएको पनि वाङले बताए ।

सन् २०१५ मा चिनियाँ फुटबल संघका साथै शिक्षा, खेलकुद र अर्थ प्रशासनबीच निर्माण भएको संयुक्त कार्यदलले देशका फुटबल मैदानको स्तरोन्नति गर्ने र नयाँ फुटबल मैदान बनाउने निर्णय गरेको थियो ।

चीनमा फुटबल निकै रुचाइएको खेल हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको