Like us!
Follow us!
Connect us!
Watch us!

उत्तरपश्चिम नाइजेरियामा ७८ जना शस्त्रधारीहरु मारिए

रबिन दङगाल

बुधबार, ०८ साउन २०७६, १२ : २५ मा प्रकाशित

उत्तरपश्चिम नाइजेरियामा ७८ जना शस्त्रधारीहरु मारिए

अर्थ संसार, अबुजा– नाइजेरियाली सेनाले देशको उत्तरपश्चिम क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीमा ७८ जना शस्त्रधारीहरु मारिएको जनाएको छ ।
मुलुकको उत्तरपश्चिम जाम्फारा र त्यससँगै जोडिएको अर्को राज्यमा तीन महिनादेखि चलिरहेको भिषण कारबाहीमा ठूलो परिमाणमा हातहतियार समेत बरामद भएको सैनिक प्रवक्ता ओन्येमा न्वाचुकुले बताए । 

नाइजेरियाली सेनाले हवाई गस्ती र कारबाही पनि गरेको थियो । 

सैनिक प्रवक्ता ओन्येमाले शस्त्रधारीको अपहरणमा परेका ५० जनाभन्दा बढीलाई मुक्त गरिएको तथा शंकास्पद २५ जना सैनिक समूहका सदस्यहरुलाई पक्राउ गरिएको पनि जानकारी दिए ।

नाइजेरियाका उत्तरपश्चिमी राज्यहरु कदुना, जाम्फारा र अरु इलाकाहरुमा वर्षौंदेखि शसस्त्र समूहले स्थानीय व्यक्तिहरुको हत्या गर्ने र उनीहरुको सम्पत्ति लुटपाट गर्नेक्रम बढेपछि सेनाले वृहद् सैन्य कारबाही थालेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको