Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेसँग गरे रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीले सूचीकरण सम्झौता, आजदेखि सर्वसाधारणले कारोबार गर्न सक्ने

मंगलबार, २१ साउन २०७६, ०८ : १६ मा प्रकाशित

नेप्सेसँग गरे रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीले सूचीकरण सम्झौता,  आजदेखि सर्वसाधारणले कारोबार गर्न सक्ने

अर्थ संसार,  काठमाडौं- साउन २१ गतेदेखि कारोबार गर्न सकिने गरी रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीले सोमवार नेप्सेसँग शेयर सूचीकरण सम्झौता गरेका छन् ।

साञ्जेन जलविद्युतको ३ करोड २८ लाख ५० हजार कित्ता र रसुवागढी हाइड्रोपावरको ६ करोड १५ लाख ७८ हजार ९०० कित्ता शेयर सूचीकरणका लागि सम्झौता भएको हो ।

मंगलवारदेखि सर्वसाधारणले कारोबार गर्न सक्ने गरी नेप्सेले रसुवागढीको लागि रू।९७ दशमलव २९ देखि  २९१ दशमलव ८७ सम्मको मूल्य रेञ्ज तोेकेको छ । त्यस्तै साञ्जेनको लागि ९६ दशमलव ३२ देखि  २८८ दशमलव ९६ मूल्य पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो ।

शेयर सूचीकरणका लागि दुवै कम्पनीले साउन १५ गते नेप्सेमा निवेदन दिएका थिए । नेप्सेमा रसुवागढीको लागि नेप्सेले आरएचपिएल (RHPL) र साञ्जेनका लागि एसजेसीएल (SJCL) चिन्ह प्रदान गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको