Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकलाई झड़का :सर्वोच्चको अन्तरिम आदेश संगै प्राइमका नारायणदास मानन्धरको पदमा बहाली,एभरेष्ट र नबिल बैंकका अध्यक्षको के होला ?

मिलन खड्का

बुधबार, २९ साउन २०७६, १२ : २३ मा प्रकाशित

राष्ट्र बैंकलाई झड़का :सर्वोच्चको अन्तरिम आदेश संगै प्राइमका नारायणदास मानन्धरको पदमा बहाली,एभरेष्ट र नबिल बैंकका अध्यक्षको के होला ?

अर्थ संसार, काठमाडौं–सर्वोच्च अदालतले मंगलवार एक अन्तरिम आदेश निकाल्दै  प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी नारायणदास मानन्धरलाई आफ्नो पदमा फर्काएको छ । मानन्धरले राष्ट्र बैंकले निकालेको र्कुलर मार्फत लागू गरेको उमेर हदका कारण बैंकको प्रमुख कार्यकारी पदबाट निस्किन वाध्य भएका थिए । मानन्धर सो पछ्यात राष्ट्र बैंक विरुद्ध  मुद्धा हालेका थिए।
 
राष्ट्र बैंकले जारी गरेको परिपत्रमा प्रमुख कार्यकारी र संचालकहरुलाई उमेर हद लगाई बैंकको जिम्मेवारी बहन गर्नबाट बाधा सिर्जना गर्ने खालको ब्यवस्था भएको भन्दै सर्कुलर मार्फत भएको ब्यवस्था खारेजीको माग गर्दै उनले रीट हालेका हुन्। 

राष्ट्र बैंकले साउन २० गते सोमबार एकीकृत निर्देशन जारी गर्दै ६५ वर्ष उमेर पूरा भएको ब्यक्ति बैंकको कार्यकारी हुन नसक्ने र ६९ वर्ष पूरा गरेको ब्यक्ति बहाल रहन नसक्ने ब्यवस्था गरेको छ भने बैंकका संचालक हुन् ७० बर्ष उमेर पूरा भएको ब्यक्ति बैंकको सञ्चालक समितिमा बस्न नपाउने र ७४ वर्ष पूरा भएको ब्यक्ति पदमा बहाल नरहने व्यवस्था गरेको छ ।

 यो सँगै एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ र नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पोडयाल पनि पदमा बहाली हुने सम्भावना बढेको छ ।

5d53ae773cf41.jpg 5d53ae7e2a1b7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको