Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफको ७० प्रतिशत हकप्रदको विक्री खुला

अर्थ संसार

आइतबार, ०८ भदौ २०७६, १० : ४५ मा प्रकाशित

सूर्या लाइफको ७० प्रतिशत हकप्रदको विक्री खुला

अर्थ संसार, काठमाडौं–  सूर्या लाइफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद शेयरको विक्री खुला गरेको छ । कम्पनीले १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर जारी गरेको हो ।

हकप्रद विक्री गर्न साउन १६ गते नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको कम्पनीले साउन २५ गते आव्हान पत्र जारी गरेको हो । बीमा समितिको निर्देशन बमोजिम रू। २ अर्ब चुक्तापूँजी पुर्‍याउनु पर्ने अवस्थामा सूर्या लाइफले हकप्रदको सहारा लिएको हो ।

इन्स्योरेन्सले निष्कासन गरेको हकप्रदमा साउन २८ गते ९मंगलवार० सम्मका कायम भएका लगानीकर्ताले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रदमा असोज १२ गतेभित्र आवेदन दिन सकिनेछ ।

हकप्रदमा एनआईसी एशिया क्यापिटलको कार्यालय, सि आस्बा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै, इन्स्योरेन्सको उपत्यका बाहिरका शाखा कार्यालयमार्फत पनि आवेदन गर्न पाइनेछ ।

यस हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस रेटिङले औषतभन्दा कमजोर आधार भएको जनाउँछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको