Like us!
Follow us!
Connect us!
Watch us!

ताप्लेजुङमा माछापुच्छे बैंकको शाखा

अर्थ संसार

बुधबार, ११ भदौ २०७६, ०७ : ३५ मा प्रकाशित

ताप्लेजुङमा माछापुच्छे  बैंकको शाखा

अर्थ संसार,ताप्लेजुङ -माछापुच्छे बैंकले ताप्लेजुङमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकको १२२औँ शाखा कार्यालयको आज एक कार्यक्रमबीच फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

 उक्त शाखाले असारदेखि नै कार्यालय स्थापना गरी कारोवार गर्दै आएको छ । माछापुच्छ्रे« बैंकले मुलुकभर १३६ शाखाबाट बैंकिङ सेवा दिँदै आएको ताप्लेजुङ शाखाका प्रबन्धक उमेश बाँस्कोटाले जानकारी दिनुभयो । माछापुच्छे बैंकले १५७ ठाउँमा एटीएम सेवा सञ्चालन गरेको छ भने १२३ ठाउँमा शाखारहित बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको छ । ग्रामीण क्षेत्रका सर्वसाधरणलाई लक्ष्य गरी शाखा विस्तार गरिएको माछापुच्छे बैंकका १ नम्बर प्रदेश प्रमुख अजय आचार्यले बताउनुभयो ।

“भदौ १७ गतेसम्म खाता खोल्ने महिलालाई आकर्षक चुरा र पोते वितरण गर्ने योजना छ”, उहाँले भन्नुभयो । बैंकले हरितालिका तीजको अवसरमा उक्त योजना ल्याएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको