Like us!
Follow us!
Connect us!
Watch us!

एशियाली श्रमिक सम्मेलन र काठमाण्डौं घोषणा पत्र

आइतबार, १२ असोज २०७६, १७ : २६ मा प्रकाशित

एशियाली श्रमिक सम्मेलन र काठमाण्डौं घोषणा पत्र

विश्वका प्रगतिशिल एवं समाजवादी विचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियनमहासंघ (डब्लु एफ टियू) को एशिया प्यासिफिकको दुई दिने क्षेत्रीय सम्मेलन काठमाण्डौमा ९ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

श्रमिक वर्गको सामाजिक सुरक्षा सहित आधारभुत आवश्यकताका सेवाहरु सुनिश्चित गर्ने, उत्पादनर रोजगारी वृद्धि हुने क्षेत्रमा लगानी वृद्धि गर्ने मुल नारा अगाडी सारी छलफल गरिएको उक्त सम्मेलनमा भियतनाम,लाओस, श्रीलंका,काजकास्थान, पाकिस्थान, इण्डोनेशिया, वंगलादेश, भारत, उत्तरकोरिया, दक्षिण कोरिया, मलेशिया, इरान र नेपालका गरी १३ देशकाविदेशी ४७ जना विदेशीप्रतिनिधि र स्वेदेशी१५० प्रतिनिधि तथा पर्यवेक्षक गरी २४० जनाले भाग लिएकाथिए ।

डब्लु एफ टि यु ले सन १९९० देखी अवलम्वन गरिएको नवउदारवादी अर्थनीतिबाट उत्पन्न आर्थिक संकटबाट श्रमिकहरुको सेवा असुरक्षित गर्ने, ट्रेड युनियन अधिकारको कटौती गर्ने, न्युनज्याला, पारिश्रमिक प्रदान गर्ने, नीतिको विरोध गर्दै आएको छ ।

विश्व ट्रेड युनियन महासंघ दोश्रो विश्वयुद्धको अन्त्य पछि ३ अक्टोवर, १९४९ मा स्थापना भएको हो । यो महासंघमा १३० देशकाट्रेड युनियन केन्द्रमा संगठित ९ करोड ७० लाख श्रमिकहरु आवद्ध रहेका छन । डब्लु एफ टि यु ले स्थापनाकाल देखी नै साम्राज्यवाद,  पुँजीबाद, र फाँसीवादको विरोध गर्दै विश्वमा युद्ध होइनशान्तीको पक्षमा दृढता पूर्वक विश्वव्यापी संचालन गर्दै आएको छ ।

डब्लु एफ टि यु ले श्रमिकहरुको अधिकारलाई सुनिश्चित गर्न सन् १९४८ र सन १९४९ मा अन्तराष्ट्रिय श्रम संगठन बाट श्रमिकहरुको संगठन गर्न पाउने अभिसन्धीनं. ८७ र सामुहिक सौदाबाजीगर्न पाउने अभिसन्धी नं. ९८ पारित गराउन नेतृत्वकारी भुमिका निर्वाह गरेको छ । आज संसारभरका श्रमिकले यि नै दुईवटा अभिसन्धीका आधारमा संगठित हुने र सामुहिक सौदाबाजीको अधिकारलाई उपभोग गर्दै आएका छन । डब्लु एफ टि यु ले सन १९९० देखी अवलम्वन गरिएको नवउदारवादी अर्थनीतिबाट उत्पन्न आर्थिक संकटबाट श्रमिकहरुको सेवा असुरक्षित गर्ने, ट्रेड युनियन अधिकारको कटौती गर्ने, न्युनज्याला, पारिश्रमिक प्रदान गर्ने, नीतिको विरोध गर्दै आएको छ ।

डब्लु एफ टि यु ले विश्व साम्राज्यवादले संचालन गर्दै आएको युद्ध, हत्या, हिंसा आतङ्कको विरोध गर्दै, विश्वमा शान्तीकायम गर्न, हतियार र युद्धमा उत्पादन र रोजगारी वृद्धिमा लगानी वृद्धि गर्न, सार्वभौम राष्ट्रहरुको राजनीतिक र आर्थिक हस्तक्षेप बन्द गर्न समेत विश्वव्यापी अभियान संचालन गर्दै आएको छ ।

काठमाण्डौमा सम्पन्न श्रमिकहरुको एशियाली सम्मेलनमा विभिन्न देशबाट सहभागी ३८ जनाप्रतिनिधिहरुले आ–आफ्नो देशमाश्रम क्षेत्रमा देखा परेको समस्याकाबारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए, जसमा एशिया प्यासिफिक क्षेत्रमा विश्वव्यापी आर्थिक संकटले श्रमजीवि वर्ग र सर्व साधारण जनतालाई प्रभाव परेको र यसले श्रमजीवि वर्गको राजनीतिक,आर्थिक र सामाजिकअधिकारमा प्रभाव पारेको उल्लेख गरिएको छ, यसका साथै प्रतिनिधिहरुले, एशियाली देशहरुमा सरकारले अवलम्वन गरेको नवउदारवादी अर्थनीतिको कारण समाजमा आय असमानता वढ्दै गएकोमा चिन्ताव्यक्त गरेका छन । यस नीतिले जनताको आधारभुत आवश्यकताका बस्तु र सेवाहरु शिक्षा, स्वास्थ्य, आवास, खाद्यन्न, खानेपानी सेवा व्यापारीकरण गरिएको, श्रमिकहरुको सामाजिक सुरक्षा अनिश्चित बन्दै गएको, वेरोजगारी, अर्धरोजगारी वढ्दै गएको, श्रमिकहरुको सामुहिक सौदावाजीको अधिकार कटौती गरिएको विषयलाई प्रतिनिधिहरुले आ–आफ्नो देशको बारेमा उल्लेख गरेका थिए ।

एशियाली देशहरुमा श्रमक्षेत्रमा भईरहेको यस किसिमको अन्यायपूर्ण स्थितिको वावजुत चिन, भियतनाम, नेपाललगायत कतिपय देशमा अवलम्वन गरिएको श्रमिक पक्षीयश्रम नीति र श्रम कानुनहरुले श्रमिकहरुको काम र जीवनलाई समृद्ध बनाउन चालिएका कदमका बारेमा पुग्ने  सहभागी प्रतिनिधिहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

दुई दिन सम्म सम्मेलनमा भएको छलफलका आधारमा एशिया क्षेत्रमा, साझा निष्कर्ष निकालिएको छ, जसमा वेरोजगारी, अर्धरो जगारी, असमान विकास, रोजगारी र पेन्सन कटौतीको विषय ज्वलन्त बन्दै गएको, एशिया महादेश अन्तर्गतका सरकारहरुले नवउदारबादकै नीति अन्तर्गत विश्व वैंक,आई एम एफ रएशियाली विकास वैंकले अवलम्वन गरेको संरचनात्मक समायोजन कार्यक्रम लागु गरेको, यस्तैबहु राष्ट्रिय निगमहरुको खास गरी प्रविधि, वित्तिय वजार, प्राकृतिक श्रोत साधन, सुचना तथा संचार र हात हतियारका क्षेत्रमाएकाधिकार वढ्दै गएको, बहुराष्ट्रिय निगमहरुको वजार एकाधिकारका कारण स्वदेशी राष्ट्रिय उद्योग र वजेटमा प्रभाव परेको र यसले नोकरशाहीतन्त्र र पुँजीपतीहरु लाभान्वित हुदैगएको विषयमा निष्कर्ष निकालिएको छ ।

यसका साथै नवउदारवादी अर्थनीति अवलम्वन गरिए पछि सार्वजनिक संस्थानहरुको संख्या घट्दै गएको, वैंक तथा वित्तिय संस्थाहरु वन्द गर्ने र एक आपसमा गाभ्ने र सार्वजनिक सेवा तथावस्तु लाई खुल्लाढंगले व्यापारिकरण गरिएको निष्कर्ष निकालिएको छ ।

श्रम वजार सुधारका नाम नयाँ बनाइएका श्रमनीति र कानुनहरुले स्थायी रोजगारीलाई अन्त्य गर्ने नीति अख्तियार गर्दै गरेको,कतिपय देशमा अदालत र श्रम प्रशासनसमेत श्रमिकको पक्षमा न्यायप्रदान गर्न पूर्वाग्रही र असहयोगी बनेको, स्थिती रहेको छ । श्रम क्षेत्रमा शुसासनको स्थिती खस्कदै गएकोछ।खासगरी प्रत्यक्ष वैदेशिक लगानी, राष्ट्रिय पूँजीनिर्माण, रोजगारी नीति र श्रमिकहरुको सामुहिक सौदावाजीको अधिकारका क्षेत्रमा अदालतका निर्णयहरुका कारण श्रम शुसासन कमजोर भएको निष्कर्ष निकालिएको छ ।

यसै गरी उद्योग कलकारखाना र कार्यस्थलमा श्रमिकहरुको सुरक्षा, स्वास्थ्य र वातावरणको पक्षलाई वेवास्ता गरिएका कारण, व्यवसायजन्यरोग र दुर्घटना  बढदै गएको र यस बापत अपर्याप्त क्षतिपुर्ति दिने प्रचलन वढ्दै गएको छ । यसका साथै आप्रवाशी श्रमिकहरुको जीवन निर्वाहको अवस्था, दयनीय अवस्थामा रहेको , खासगरी श्रमिकप्राप्त गर्ने देशहरुमा न्युनतमश्रम मापदण्ड लागु  हुनन सकेको स्थिती रहेको छ ।

काठमाण्डौमा सम्पन्न यो एशियाली श्रमिक सम्मेलनले श्रमिक वर्गिय ट्रेड युनियन आन्दोलनको विकास र विस्तार गर्न, र आन्दोलन भित्र देखा परेको पुँजीवादी परास्तवर्ग समन्वयवाद र अवसरवादका विरुद्ध वैचारिक संघर्ष गर्न महत्वपुर्ण दिशावोध गरेको छ ।

एशिया प्यासिफिक क्षेत्रका देशहरुमाश्रम क्षेत्रमा उत्पन्न उल्लेखित समस्याका समाधानका लागि एशिया व्यापीरुपमा अभियान संचालन गर्न नौ बुँदे काठमाण्डौं घोषणापत्र सम्मेलनबाट जारी भएको छ, जसअनुसार पहिलो,श्रमिकहरुलाई परिचालन गरेर, विश्व ट्रेड युनियन महासंघ स्थापनाको दिनलाई अक्टोवर ३ तारिख रंगभेद, नवफाँसीबाद विरोधी अभियानको रुपमा कार्यक्रम संचालन गर्ने, आठ मार्च र मे दिवसमा श्रमिकअभियान संचालन गर्ने, नोभेम्वर ७तारिख श्रमिकका आधारभुत आवश्यकताका विषयमा (डे अफवेसिक निडस अफएक्सन) को रुपमा श्रमिक परिचालन गर्ने,  सम्बन्धित देशका सरकार समक्षमाग प्रस्तुत गर्ने र श्रमिकहरुलाई व्यापक परिचाल नगर्ने निर्णय गरेको छ ।

दोश्रो,श्रमिकहरुलाई अस्थायी करार, ज्यालादारी र आउटसोर्सिङमा काममा लगाउने नीतिका विरुद्ध श्रमिक परिचालन गरेर अभियान संचालन गर्ने, तेश्रो एशिया प्यासिफिक क्षेत्रमा श्रमिक महिलाहरुको फोरम निर्माण गर्ने र श्रमिक महिलाले भोगिरहेका समस्यालाई लिएर, राष्ट्रिय स्तरमा तथा महादेश स्तरमा श्रमिक महिलाहरुलाई परिचालन गर्ने चौथो ट्रेड युनियन शिक्षालाई सघनरुपमा विभिन्नतहमा संचालन गर्ने, पाँचौ युवा श्रमिकहरुले भोगीरहेका समस्याको पहिचान गर्ने, समस्याहरुलाई मागको रुपमा अगाडी सार्न  युवाहरुलाई परिचालन गर्न एशिया प्यासिफिक स्तरमा युवा श्रमिक फोरमको गठन गर्ने छैठौं विषयगत अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र (टि यु आई) को नयाँ संगठन निर्माण र विस्तार  गर्ने र नियमित वैठकहरुको आयोजना गरी टि यु आईहरुलाई सुदृढ गर्ने, सातौं आणविक हतियारको खरिद र सैनिक खर्चमा भई रहेको वृद्धिको विरोध गर्दै, उत्पादन र रोजगारी विस्तारमा लगानी गर्न अभियान संचालन गर्ने, आठौं क्युवामाथि अमेरिकाको नाकावन्दीको अन्त्यगर्न माग गर्ने,नवौसिरिया,प्यालेस्टाइन र उत्तर कोरियामा अमेरिकी साम्राज्यवाद र पिछलग्गु देशहरुबाट भई रहेको सैनिक हस्तक्षेपको विरोध गर्दै त्यस देशका श्रमजीवि जनताले साम्राज्यवादका विरुद्ध संचालन गरेको संघर्ष र आन्दोलन प्रति ऐक्यवद्धता प्रकट गर्ने निर्णय गरेको छ ।

अन्त्यमा काठमाण्डौमा सम्पन्न यो एशियाली श्रमिक सम्मेलनले श्रमिक वर्गिय ट्रेड युनियन आन्दोलनको विकास र विस्तार गर्न, र आन्दोलन भित्र देखा परेको पुँजीवादी परास्तवर्ग समन्वयवाद र अवसरवादका विरुद्ध वैचारिक संघर्ष गर्न महत्वपुर्ण दिशावोध गरेको छ ।

यस सम्मेलनमा एशिया प्यासिफिक क्षेत्रमाश्रमिकहरुले भोगीरहेको समस्यालाई उजागर गर्न र श्रमिकहरुलाई परिचालन गर्न जुननिर्णय गर्दै काठमाण्डौं घोषणापत्र जारी भएको छ, यसको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित देशका ट्रेड युनियन केन्द्रहरुको प्रभावकारी भुमिका भएमा सम्मेलनको थप महत्व वढेर जाने विश्वास लिनस किन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको