Like us!
Follow us!
Connect us!
Watch us!

शेयरधनी सन्तुष्ट पार्दै सानिमा बैंकको साधारणसभा सम्पन्न, ५ वर्ष यताकै बढी लाभांश पारित (फोटोफिचर )

मिलन खड्का

बुधबार, २९ असोज २०७६, १५ : २० मा प्रकाशित

शेयरधनी सन्तुष्ट पार्दै सानिमा बैंकको साधारणसभा सम्पन्न, ५ वर्ष यताकै बढी लाभांश पारित  (फोटोफिचर )

अर्थ संसार, काठमाडौं-सानिमा बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा नक्साल व्यांकेट, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो। 

सभाले चुक्ता पुँजीको ११.०५२६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कूल २१.०५२६ प्रतिशत लाभांश लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ। 
 

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित) 

बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजी८ अर्ब १२ लाख ५५ हजारलाई वृद्धि भई ८ अर्ब ८० करोड १३ लाख ८० हजार बनाउन प्रबन्धपत्र संशोधनको प्रस्ताव पारित भएको छ।  
 

बैंकले विगत ५ आर्थिक वर्ष यताकै अधिकतम लाभांश दिएको हो।  सानिमाले गत वर्ष १४ प्रतिशत नगद लाभांश दिएको थियो।

बैंकको गत वर्षको लाभांशले संस्थापक र सर्वसाधारण समूहको  शेयरधनी सन्तुष्ट नै देखिएका छन्। 

सभामा बोल्दै अधिकतम शेयरधनीहरुले  संचालक समितिलाई धन्यवाद दिदै आउने वर्षमा बैंकको अझ राम्रो कार्य प्रदर्शनको लागि शुभकामना दिए। 



सभाको अरु तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस्   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको