Like us!
Follow us!
Connect us!
Watch us!

अभिभावकको माया नपाउँदा बालबालिका सडकमा

dibesh

विहीबार, ३० असोज २०७६, १६ : ५२ मा प्रकाशित

अभिभावकको माया नपाउँदा बालबालिका सडकमा

अर्थ संसार, काठमाडौ – पछिल्लो समय अभिभावको हेरचाह र माया नपाउँदा बालबालिका गलत बाटोमा लागेको पाइएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले गत साउनदेखि उद्धार गरिएका सडक बालबालिकाले आफूहरुलाई बाबुआमाको माया अभाव भएको निश्कर्ष निकालेको छ । 

    परिषद्ले उद्धार गरी ल्याइएका बालबालिकालाई मनोसामाजिक परामर्शपछि के कारणले त्यस्तो गलत बाटोमा लागेको भनी गरेको प्रश्नमा उनीहरुले बाबुआमाको हेरचाह र मायाको अभाव भएका बताएका छन् । परिषद्का अनुसार यसरी उद्धार गरिएका बालिका यौन व्यवसायमा  र बालक दुव्र्यसनीमा लागेको पाइएको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिका मुक्त शहर बनाउने नेपाल सरकारको अभियान अनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको टोलीले ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट त्यस्ता बालबालिका उद्धार गरिएको जनाएको छ । 

    हालसम्म उद्धार गरिएका सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको  र उनीहरुलाई मनोपरामर्र्श दिइ अविभावकसमक्ष जिम्मा लगाइने परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी गराउनुभयो । गत साउनदेखि परिषद्ले नियमितरुपमा विभिन्न कारणले सडकमा अलपत्ररुप रहेका बालबालिकाको उद्धार गर्दै आएकामा असोज मसान्तसम्म मात्रै परिषद्ले २०० बालबालिका उद्धार गरिसकेको छ । यसरी अलपत्र रहेका बालबालिका तीन वर्षदेखि १८ वर्ष उमेर समूहका छन् ।  

    त्यसैगरी परिषद्ले यही असोज १० गते काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा सञ्चालित ‘सामाजिक तथा मानवीय सरोकार केन्द्र’ नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखेका नौ बालक र दुई बालिकाको उद्धार गरेको थियो ।  उद्धार गरिएका सबै बालबालिका मुगु जिल्लाका छन् । उक्त संस्थाले आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्थाविपरीत उचित खानपान, आवास र संरक्षणको प्रबन्ध नगरीे संस्थामा बालबालिका राखेको पाइएकाले उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरएका बालबालिकालाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको