Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको नाफा ६९ करोडमाथि, प्रतिशेयर आम्दानी कति ? (रिपोटसहित)

अर्थ संसार

विहीबार, २८ कार्तिक २०७६, ०८ : ३४ मा प्रकाशित

एभरेष्ट बैंकको नाफा  ६९ करोडमाथि, प्रतिशेयर आम्दानी कति ? (रिपोटसहित)

अर्थ संसार, काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  गत वर्ष सोहीअवधिमा बैंकले ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत वर्षको भन्दा ९.०७ प्रतिशतले बढी हो ।

बैंकको खुद ब्याज आम्दानी ९.३० प्रतिशत र सञ्चालन नाफा ९.०८प्रतिशत ले बढेको छ । यता, निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः ११।९७प्रतिशत र ६.०२प्रतिशत ले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८७ पैसाले बढेर ३४ रुपैयाँ ४३ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ ३३ पैसा रहेको छ ।

एभरेष्टले गत वर्षको नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  जसमध्ये २०प्रतिशतनगद लाभांश र ५प्रतिशतबोनस सेयर रहेको छ ।

5dccc2390b22b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको