Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखा सञ्चालनमा

अर्थ संसार

विहीबार, १२ मंसिर २०७६, ०८ : ४८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखा सञ्चालनमा

अर्थ संसार, काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार तीन स्थानमा शाखा खोली कारोबार शुरु गरेको छ ।

बैंकले  दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका वडा नं. १, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको