Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेशका शेयरधनीको विरोधपछि प्रस्तावित बैठक भत्ता परिमार्जन,अध्यक्ष र संचालकलाई अब बैठक कति ? (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, ११ पुस २०७६, ०४ : ४४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  नेपाल बंगलादेश बैंक लिमिटेडले बैठक भत्ता बढाउने प्रस्ताव परिमार्जन गरेको छ । लगानीकर्ताको तिव्र विरोधपछि नेपाल बंगालदेश बैंका अध्यक्ष जलाल अहमतले साधारणसभा अघि सारेको बैंकको संचालकहरुको बैठक भत्ता परिमार्जन गरेका हुन् । 

संचालक समितिको बैठकमा उपस्थित भएबापत प्रति बैठक अध्यक्ष र अन्य संचालकहरुले   १२ हजार पाउने व्यवस्था रहेकोमा साधारणसभा उपस्थिति भएबापत अध्यक्षले २५ हजार र अरु संचालकले २० हजार बैठक भत्ता पाउने प्रस्ताव अघि सारेको थियो ।

तर, साधारणसभामा बोल्ने अधिकांश शेयरधनीले उक्त प्रस्तावलाई चर्काे विरोध गरेका थिए । लगानीकर्ताहरुले भत्ता बडाउने प्रस्ताव समय सापेक्षा नभएको भन्दै  विरोध गरेका थिए ।




शेयरधनीको विरोधलाई मध्यनजर गर्दै  बैंक अध्यक्ष जलाल अहमतले बैठक भत्ता बढाउने प्रस्तावलाई परिमार्जन गरी अध्यक्षलाई प्रतिबैठक २० हजार र अन्य संचालकहरुलाई १६ हजार  दिने प्रस्ताव सभामा राखेका थिए । बैठक भत्ता घटेपछि शेयरधनीले उक्त प्रस्तावलाई पारित गरेका थिए ।

हेर्नुहोस अध्यक्ष जलाल अहमतको भिडियो 
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको