Like us!
Follow us!
Connect us!
Watch us!

आगो ताप्दै हुनुहुन्छ ? हाेसियार !!!

निशा हुमाँगाई

विहीबार, १० पुस २०७६, १० : २९ मा प्रकाशित

आगो ताप्दै हुनुहुन्छ ? हाेसियार !!!

सर्लाहीमा जलेर मृत्यु

अर्थ संसार, काठमाडौं – सर्लाहीमा चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनी पूरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन् । घाइते साहको उपचारका क्रममा गए राति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, चिसोबाट बच्न घर अगाडि बालिएको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका–१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छन् ।

गएराति ९ बजे आगो लाग्दा राजन पासवानकी श्रीमती २५ वर्षीया सरस्वती गम्भीर घाइते भएकी हुन् । आगोबाट पासवानको घुँडादेखि पेटसम्म जलेको छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलङ्गवामा भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको