Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको सिइओ अजय विक्रम शाहको तलब/भत्ता १ करोड २१ लाख , कार्यालय खर्च ५३ करोडमाथि, कर्मचारीको कति ?

अर्थ संसार

शुक्रबार, ११ पुस २०७६, ०५ : २० मा प्रकाशित

लक्ष्मी बैंकको सिइओ अजय विक्रम शाहको तलब/भत्ता १ करोड २१ लाख , कार्यालय खर्च ५३ करोडमाथि, कर्मचारीको कति ?

अर्थ संसार, काठमाडौं–  लक्ष्मी बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लागि गत आर्थिक वर्षमा १ करोड २१ लाख १६ हजार रुपैयाँरुयैयाँ खर्च गरेको छ ।  अजय कुमार शाह बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् ।

बैंकले  अजय कुमार शाहलाई बैंकले  गत आर्थिक वर्ष १ करोड २१ लाख १६ हजार रुपैयाँ तलब र भत्तामा खर्च गरेको छ ।  सिइओलाई बोनस  भने खुलाइएको छैन  ।    

त्यसैगरी, बैंकले अन्य प्रवन्धकहरुलाई ४ करोड ५० लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ । बैंकले कर्मचारी खर्चमा ६६ करोड,१५ लाख ८५ हजार रुपैयाँ, कार्यालय सञ्चालन खर्च ५३ करोड ८ लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट! 

 यस अवधिमा लेखापरिक्षण समितिका ९ वटा बैठक वसेको र बैठक भत्ता वापत  १ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।  बैंकले संचालकहरुलाई पारिश्रमिकको व्यवस्था गरिएको छैन । संचालक समितिको बैठकमा भाग लिए वापत प्रति बैठक अध्यक्षलाई १२ हजार र संचालकलाई १० हजार भत्ता उपलव्ध  गराइएको छ ।

मोवाइल फोन खर्च २ हजार दिइएको छ ।  कार्यकारी प्रमुख तथा कमपनी सचिवलाई बैठक भत्ताको व्यवस्था गरिएको छैन ।  बैंकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको छ । बैंकले पौष ६ गते आइतबार अग्रवाल भवन , कमलपोखरी, काठमाडौंमा १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको