Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा चार कम्पनीकाे शेयर मूल्य समायोजन

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, १० : २६ मा प्रकाशित

नेप्सेमा चार कम्पनीकाे  शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल बैंक, कृषि विकास बैंक, नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयरमूल्य समायोजन भएको हाे ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

नेपाल बैंक

नेपाल बैंककाे १५ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता २७५ रुपैयाँ ६५ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

 

कृषि विकास बैंक

त्यसैगरी, कृषि विकास बैंकको  ६ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ३९३ रूपैयाँ ४० पैसा कायम हुने गरी शेयर मूल्य समायाेजन भएकाे छ ।

नेरुडे लघुत्त वित्तीय संस्था लिमिटेड

यसका साथै, नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५ प्रतिशत  बाेनश शेयरपछि नेप्सेमा प्रतिकित्ता ४८६ रूपैयाँ ९ पैसा कायम हुने गरी शेयर मूल्य समायाेजन भएकाे छ ।

विजय लघुवित्त वित्तीय संस्था

विजय लघुवित्त वित्तीय संस्थाकाे १५ प्रतिशत बाेनश शेयरपछि नेप्सेमा प्रतिकित्ता ६२३ रूपैयाँ ४८ पैसा हुने गरी शेयर मूल्य समायाेजन भएकाे छ ।

 

 

 

5e0837f0cd6f0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको