Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा आठ कम्पनीकाे शेयर मूल्य समायोजन

निशा हुमाँगाई

मंगलबार, १५ पुस २०७६, १० : २६ मा प्रकाशित

नेप्सेमा आठ कम्पनीकाे शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) आठ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । किसान माइक्रोफाइनान्स,  मिथिला लघुवित्त, फरवार्ड कम्यूनिटी, उन्नती लघुवित्त वित्तीय संस्था, कञ्चन डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, आईसीएफसी फाइनान्स र छ्याङ्दी हाइड्रोपावरकाे  शेयरमूल्य समायोजन भएको हाे ।

किसान माइक्रोफाइनान्स

किसान माइक्रोफाइनान्सकाे २३.९५ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ६६९ रुपैयाँ ६२ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

मिथिला लघुवित्त

मिथिला लघुवित्तकाे १५ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ४६६ रुपैयाँ ९ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

फरवार्ड कम्यूनिटी

फरवार्ड कम्यूनिटी ३२.५० प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता एक हजार ५२ रुपैयाँ ८ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

उन्नती लघुवित्त वित्तीय संस्था

उन्नती लघुवित्त वित्तीय संस्थाकाे ३८.६० प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ६३३ रुपैयाँ ४८ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

कञ्चन डेभलपमेन्ट बैंक

कञ्चन डेभलपमेन्ट बैंककाे १० प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता २१६ रुपैयाँ ३६ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्सकाे १.७५ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता १३९ रुपैयाँ ५६ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

आईसीएफसी फाइनान्स

आईसीएफसी फाइनान्सकाे ५ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता १५२ रुपैयाँ ३८ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

छ्याङ्दी हाइड्रोपावर

छ्याङ्दी हाइड्रोपावरकाे ५ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता  ८९ रुपैयाँ ५२ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको