Like us!
Follow us!
Connect us!
Watch us!

यी तिन कम्पनीले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्तो आग्रह (सूचनासहित)

निशा हुमाँगाई

बुधबार, २३ पुस २०७६, ११ : ५९ मा प्रकाशित

यी तिन कम्पनीले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्तो आग्रह (सूचनासहित)

अर्थ संसार, काठमाडौं – कामना सेवा विकास बैंक, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको खातामा धमाधम लाभांश पठाएका छन् ।

यी तिनै कम्पनीहरुले बुकक्लोज गर्नु अघिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा नगद लाभांश पठाएका हुन् ।

कामना सेवा विकास बैंकले पुस १७ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाले पारित गरेको ६।८ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

त्यसैगरी, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मंसिर २९ गते सम्पन्न  छैठौं वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

यस्तै, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २० गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाले पारित गरेको १४ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।  

5e157af9afecb.jpg 5e157b0402e49.jpg 5e157b09b5446.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको