Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति सालेहद्वारा इराकी सैन्य शिविरमा भएको आक्रमणको आलोचना

निशा पाण्डे

विहीबार, २४ पुस २०७६, १२ : १६ मा प्रकाशित

राष्ट्रपति सालेहद्वारा इराकी सैन्य शिविरमा भएको आक्रमणको आलोचना

अर्थ संसार, काठमाडौं– इराकी राष्ट्रपति बारहम सालेहले बुधबार इरानद्वारा अमेरिकी तथा अन्य विदेशी सैनिक रहेका इराकी सैन्य शिविरमा हवाई आक्रमणको भत्र्सना गर्नुभएको छ।उहाँले मध्यपूर्वमा विकसित ‘खतरनाक घटनाक्रम’प्रति चिन्ता प्रकट गर्नुभएको छ।

इराकी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इराकी भूमिमा रहेका सैनिक शिविरमा इरानद्वारा गरेको क्षेप्यास्त्र आक्रमणको हामीले कडा शब्दमा निन्दा गर्छौँ ।हामीले सार्वभौम इराकी भूमिमा भएका र हुनसक्ने सबैप्रकारका कानून उल्लङ्घनका घटनाप्रति फेरि एक पटक सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छौँ।”

“रणभूमिमा रूपान्तरण गर्नेगरी भएका आक्रमण र सम्भावित आगामी गतिविधिप्रति इराक गम्भीर विरोध जनाउछ ।” गत शुक्रबार इराकको राजधानी बग्दादमा इरानी विशेष सुरक्षा बल कुड्सका प्रमुख जनरल कासिम सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको र मङ्गलबार उहाँको अत्येष्टि गरिएको थियो ।

इरानी जनरल अमेरिकी आक्रमणमा मारिएको बदलामा इरानले बुधबार बिहानै दर्जनभन्दा बढी क्षेप्यास्त्र अमेरिकी सैनिक रहेको इराकी शिविरमा लक्षित गरी आक्रमण गरेको थियो ।

इरानले उक्त आक्रमणमा करिब ८० अमेरिकीको मृत्यु भएको दावी गरेको छ।यसको स्वतन्त्र पुष्टि भने भएको छैन । अमेरिकी राष्ट्रपतिले क्षेप्यास्त्र आक्रमणबाट आफ्ना नागरिकलाई केही नभएको तर यस सम्बन्धमा बिस्तृत विवरण दिन बुधबार एक विज्ञप्ति जारी गर्ने बताउनुभएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको