Like us!
Follow us!
Connect us!
Watch us!

विजुली बस खरिदका लागि कर्जा दिन हिच्किचाउँदै बैंकहरू

सोमबार, २८ पुस २०७६, १६ : ०९ मा प्रकाशित

विजुली बस खरिदका लागि कर्जा दिन हिच्किचाउँदै बैंकहरू

अर्थ संसार, काठमाडौं – बैंकहरूले विजुली बस खरिदका लागि ऋण दिन हिच्किचाएको पाइएको छ । सरकारको नीति तथा कार्यक्रममै  विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिने भनिएतापनि बैंकहरुले ऋण दिन हिच्किचाएको सुन्दर यातायात प्रालिले जनाएको छ ।

बैंकले कर्जा नदिँदा थप बसहरु खरिद गर्नका लागि समस्या भएको विद्युतीय बस सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालिले बताएको छ ।

विद्युतीय सवारी साधनमा लगानी गर्नुपर्छ भनि नेपाल सरकार अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकले निर्देशन दिँदा पनि बैंकहरुले चासो नदिएको सुन्दर यातायात प्रालिले जनाएको छ । पटक–पटक विभिन्न बैंकहरुसँग ऋण माग गरेपनि ऋण नपाएको सुन्दर यातायात प्रालिले एक विज्ञप्ति मार्फत जनाएको छ ।

 प्रलिद्धारा सार्वजनिक विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘हाम्रो गाडीको दैनिक आम्दानीमध्ये तीन हजार खर्च खटाई बाँकी रहेको आम्दानी बैंकलाई बुझाइ ५ वर्षभित्र बैंकले गरेको लगानीको सबै किस्ता भुक्तानी गर्छौँ भन्दा पनि लोन दिन मानिरहेको छैन ।’

बैंकका सञ्चालकहरुले सार्वजनिक कार्यक्रम तथा सञ्चारमाध्यममा बोल्दा विद्युतीय सवारी साधनमा लगानी गर्छौ भनि ठूलो स्वरमा बोल्छन् त्यस्तै नेपाल सरकारको अर्थमन्त्री ज्यूबाट विद्युतीय सवारीसाधन लगानीमा केही समस्या भए हामीलाइ खबर गर्नस् भनेर भाषण मात्र गर्ने गरेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सुन्दर यातायात प्रालिले नेपालमा पहिलो पटक विद्युतीय सवारी सञ्चालनमा ल्याएको हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको