Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले थप्याे एकैचाेटी २३ नयाँ शाखा, कहाँ-कहाँ ?

निशा हुमाँगाई

विहीबार, ०२ माघ २०७६, १४ : ४९ मा प्रकाशित

नबिल बैंकले थप्याे एकैचाेटी २३ नयाँ शाखा, कहाँ-कहाँ ?

अर्थ संसार, काठमाडौं – पछिल्लो समयमा नेपालको विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरूमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउदै एवम् अत्यावश्यक वित्तिय सेवाको प्रत्याभुत गराउँदैै आएको नबिल बैंक लिमिटेडले आम जनमानसमा सरल र सुलभ वित्तिय पहुच पुर्याउने उदेश्यका साथ नेपालको विभिन्न स्थानमा २३ ओटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

उपरोक्त थप शाखाहरूको विवरण निम्न बमोजिम रहेका छन् :

प्रदेश १ : इनरूवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट
प्रदेश २ : र्मिचैया, गोलबजार, शिराहा र चन्द्रपुर
प्रदेश ३ : कमलबिनायक, हात्तिगौँडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा
प्रदेश ४ : गैँडाकोट, दलदले र कावसोती
प्रदेश ५ : माचन्द्राैटा, बर्दाघाट र मणिग्राम गरी जम्मा २३ नयाँ शाखाहरू संचालनमा ल्याएको हाे । 

त्यस्तै, सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १०२ शाखा, १४३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरू छन् । साथसाथै बैंकले देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरू मार्फत् उच्चस्थरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको