Like us!
Follow us!
Connect us!
Watch us!

यी दुई कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

निशा हुमाँगाई

आइतबार, १२ माघ २०७६, ११ : ०४ मा प्रकाशित

यी दुई कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार, काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम माैका रहेकाे छ ।

 डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाकाे अठाराैं वार्षिक साधारण सभा माघ २६ गते (आइतबार) भरतपुर गार्डेन रिर्साेट, भरतपुर चितवनमा हुने भएकाे छ ।

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

यसका साथै, सभामा मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षकको नियुक्त गर्ने, लघुवित्तको अधिकृत पूँजी वृद्धि गरी २ अर्ब पुर्‍याउने, लघुवित्तको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने लगायतका प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा माघ २६ गते आइतबार सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे शुरु हुनेछ ।

सभामा हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसैगरी, बोनस शेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पूँजीको ४ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ ।

त्यसैले, दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भाेलि माघ १३ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने छन् । त्यसैले, आज (आइतबार माघ १२ गते) सम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको