Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको संस्थापक शेयर लिलामीमा

अर्थ संसार

बुधबार, १५ माघ २०७६, १० : ५० मा प्रकाशित

बैंक अफ काठमाण्डूको संस्थापक शेयर लिलामीमा

अर्थ संसार, काठमाडौं–बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयरधनी शक्ति कुमार गोल्याणको स्वामित्वमा रहेको संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । बैंकले ३ लाख ७० हजार ३५६ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

यस अघि बैंकले सो शेयर विद्यमान संस्थापकहरुलाई लिलाम बढाबढ प्रक्रियाबाट शेयर खरीद गर्न आव्हान गरेको भएपनि तोकिएको अवधिमा विद्यमान संस्थापकहरुले खरीदका लागि आवेदन नदिएपछि सो शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य ईच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले माघ २२ गतेभित्र बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा शिलबन्दी बोलपत्र पेश गनुपर्ने छ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि सो भन्दा बढीको लागि १० अंकको गुणाङ्कमा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्यक्तिरसंस्था सीमाको अधिमा रहने गरी अधिकतमा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लिलामी शेयरमा आवेदन दिनको लागि माघ १५ गतेदेखि २२ गतेसम्म अवधि तोकिएको छ । शेयरको न्यूनतम मूल्य रू। १६० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको