Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र नियमावली संशोधनसँगै शेयर बजारमा फर्कियाे राैनक

निशा हुमाँगाई

मंगलबार, २८ माघ २०७६, १४ : ४३ मा प्रकाशित

धितोपत्र नियमावली संशोधनसँगै  शेयर बजारमा फर्कियाे राैनक

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) शेयर बजार १७.११ अंकले बढेकाे छ । कुल १७५ वटा कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० रुपैयाँको कारोबार भएकाे छ । 

१३२४.३१ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १३४१.३८ अंकमा आइपुगेको छ ।

मंगलबार बैंकिङ १४.४८ अंक, हाेटल १.५६ अंक, विकास बैंक १८.६४ अंक, जलविद्युत ९.८९ अंक, फाइनान्स २.९१ अंक, निर्जिवन लाइफ ९३.४७ अंक, उत्पादन २०.२६ अंक, अन्य ६.३९ अंक, माइक्राेफाइनान्स ७०.२२ अंक, लाइफ इन्स्योरेन्स ५३.२६ अंक र सामूहिक लगानी कोष समूह ०.१६ अंकले बढेकाे छ ।

त्यसैगरी, व्यापार १०.६७ अंकले घटेकाे छ । 

5e4273331b647.jpg 5e427336c088f.jpg 5e42733a45387.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको