Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको उकालो यात्रामा ब्रेक

निशा हुमाँगाई

विहीबार, ०१ फागुन २०७६, १४ : ५५ मा प्रकाशित

शेयर बजारको उकालो यात्रामा ब्रेक

अर्थ संसार, काठमाडौं – केही दिनदेखि निरन्तर उकालाे लागेकाे शेयर बजारले आज (बुधबार) भने ब्रेक लिएकाे छ । बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंक अर्थात १.३९ अंकले घटेको छ । 

कुल १७२ वटा कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७४६ रुपैयाँको कारोबार भएकाे छ । 

१३४५.९७ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म घटेर १३४४.५९ अंकमा आइपुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज बुधबार पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने बढेको छ ।

व्यापार २३.८९ अंक, फाइनान्स ०.१८ अंक, निर्जिवन लाइफ ५५.९२ अंक, उत्पादन ३८.६६ अंक, अन्य ०.२४ अंक, माइक्राेफाइनान्स २९.५४ अंक र लाइफ इन्स्योरेन्स १०२.७४ अंकले बढेकाे छ ।  

त्यसैगरी, बैंकिङ ८.९४ अंक, हाेटल ३१.४३ अंक, विकास बैंक ८.६२ अंक, जलविद्युत ३.४७ र सामूहिक लगानी कोष समूह ०.०५ अंकले घटेकाे छ ।

 

 

5e451787246ea.jpg 5e45178b447b8.jpg 5e45178eca038.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको