Like us!
Follow us!
Connect us!
Watch us!

क्यान इन्फोटेक २०२० को मन्त्री बांस्कोटाबाट समुद्घघाटन, उद्दघाटनमा ड्रोन र रोबोर्ट को प्रयोग

अर्थ संसार

शुक्रबार, ०२ फागुन २०७६, १६ : ५५ मा प्रकाशित

क्यान इन्फोटेक २०२० को मन्त्री बांस्कोटाबाट समुद्घघाटन, उद्दघाटनमा ड्रोन र रोबोर्ट को प्रयोग

अर्थ संसार, काठमाडौं– सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले यस क्षेत्रमा सुशासन ल्याउने बताएका छन् ।

विधेयकले सामाजिक सञ्जालदेखि सूचना प्रविधि व्यवसायको व्यवस्थापन गर्ने उद्देश्य राखेकाले यसले मुलुकलाई ‘डिजिटल इकोनोमी’ बनाउन सहयोग गर्ने बताए ।

शुक्रबार राजधानीमा सुरु भएको क्यान महासंघको २६ औं क्यान इन्फोटेकलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले डिजिटल इकोनोमीलाई अगाडी बढाउने हो भने यस कानुनको आवश्यकता पर्ने बताए ।

ठूलो माछाले सानो माछालाई खान्छ–सञ्चारमन्त्री गोकुल बास्कोटा (भिडियोसहित) 

सूचना प्रविधि क्षेत्रमा सुशासन देख्न नचाहनेले विधेयकको विरोध गरेको समेत उनले आरोप लगाए । ‘सूचना प्रविधि क्षेत्रको विकास चाहने निजी क्षेत्रले नै यसको विरोध गरेको भेटियो,’ मन्त्री बाँस्कोटाले भने, ‘मुलुकलाई ‘डिजिटल इकोनोमी’ मा रुपान्तरण गर्ने उद्देश्य राख्ने निजी क्षेत्रले यस विधेयकलाई गलत तरिकाले व्याख्या गरेका छन् ।’

मन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयक विद्युतीय कारोबार ऐन भन्दा पनि खुकुलो भएको दाबी गर्दै डिजिटल सुशासन हुन नदिनेले यसको विरोध गरेको आरोप लगाए । विधेयकले डिजिटल सुशासनको प्रबन्ध गर्ने उनको दाबी थियो ।

‘अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने तथा डिजिटल सुशासन हुन नदिने खेल भइरहेको छ,’ उनले भने,‘अरुले नबुझे पनि क्यानले यो विधेयकलाई बुझ्नुपर्छ ।’ यद्यपि सूचना प्रविधि विधेयकमा राखिएको दण्ड तथा सजायको प्रावधानलाई घटाउने उनले प्रतिबद्धता जनाए ।

CAN Info-Tech 2020 फाल्गुण २ गते बाट, कस्तो छ त मेलाको तयारी ?

सरकारले अघिल्लो वर्ष संसदमा दर्ता गरेको सूचना प्रविधि विधेयक राष्ट्रिय सभा र संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पास भएको छ । यो विधेयक अहिले संसदमा विचाराधीन अवस्थामा छ । विधेयकमा रहेको कतिपय प्रावधानप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारकर्मी र नागरिक समाजले विरोध गर्दै आएका छन् ।

उद्घाटन सत्रमा बोल्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले क्यान महासंघले विगतदेखि अन्य सरोकारवालासँग सहकार्य गर्दै आएको भन्दौ अगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताए ।

अध्यक्ष कुँवरले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन महासंघ जुनसुकै काम गर्न तयार रहेको बताए । नेपालमा सूचना प्रविधि क्षेत्रको विकास भइरहेको भन्दै यसलाई तल्लो स्तरबाट पुर्याउन सूचना प्रविधि शिक्षालाई विद्यालय तहदेखि नै अनिवार्य गर्न आवश्यक रहेको उनले बताए ।

यो वर्षको क्यान इन्फोटेकमा आविष्कार र नवीनतम् सोच भएका व्यवसायलाई प्राथमिकता दिएको उनको धारणा थियो ।शुक्रबारदेखि सुरु भएको नेपालकै ठूलो प्रविधि प्रदर्शनी क्यान इन्फोटेकमा मोबाइल र ब्रोडव्यान्डलाई छुट्टै पभेलियनमा राखिएको छ । प्रदर्शनीमा प्रविधि कम्पनीको उत्पादनसहित ब्राण्डलाई समेट्ने गरी व्यवस्थापन गरिएको
क्यान महासंघका महासचिव नारायण थापाले बताए ।

योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले सुखी नेपाली र समृद्ध नेपाल बनाउन सरकारले राखेको १० उद्देश्यमध्ये कनेक्टिभिटी एक भएको भन्दै सूचना प्रविधि क्षेत्रको विकासको लागि आवश्यक सहयोग सरकारले गर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन गरी विभिन्न कार्यक्रम अगाडी बढेको जानकारी गराए । एसोसियट स्पोन्सरको रुपमा रहेको वल्र्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले सन् १९९५ मा पहिलो पटक प्रदर्शनी हुँदा वल्र्डलिंक सहभागी हुन अवसर पाएकोमा २६ औं संस्करणसम्म पनि यसको निरन्तता रहेको बताए ।

इन्फोटेक बुधबारसम्म चल्ने छ । सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो । प्रदर्शनीमा १ सय ८६ वटा स्टल राखिएका छन् । प्रदर्शनीमा स्टार्टअप, इनोभेटिभ सोच तथा सूचना प्रविधी (आइसिटी) पढाइ हुने कलेजका बिशेष प्रोजेक्टहरुलाई बिशेष पभेलियन उपलब्ध गराइएको छ ।

गत वर्ष करिब ३ लाख ७६ हजारभन्दा धेरैले अवलोकन गरेको यस प्रदर्शनीमा यो वर्ष ४ लाखभन्दा धेरै अवलोकनकर्ता आउने विश्वास आयोजकको छ । यस पटकको मेलामा प्रवेश टिकटलाई प्रभु पेबाट पनि खरिद गर्न सकिन्छ ।यो वर्षदेखि क्यान इन्फोटेकलाई प्रदेश र नेपालका मुख्य सहरमा विस्तार गर्ने आयोजकले जनाएको छ ।

यसअन्तर्गत प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज, बागमति प्रदेशको चितवन र प्रदेश ५ को वुटवलमा क्यान इन्फोटेक सम्पन्न भइसकेको क्यान महासंघले जनाएको छ । यही वर्ष प्रदेश ५ को नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदैछ ।

क्यान इन्फोटेकमा अबलोकनकर्ताले एनसेलबाट १ रुपैयाँमा सिम, १० मिनेटको निःशुल्क टक टाइम र १० वटा एसएमएस निःशुल्क प्राप्न गर्न सक्नेछ्न । यसका साथै अबलोकनकर्ताले ३ दिनको लागि २ जीबी डाटा निःशुल्क प्राउनेकुरा क्यान महासंघ ले जनाएको छ । एनसेलले एप डाउनलोडको लागि डाउनलोड बुथमा निःशुल्क वाईफाई,
फोरजी स्पिड टेस्ट जोन साथै अवलोकनकर्ताले भीआर गेमहरुको मजा लिन गेम जोन आदि अफर रहेको छ ।

5e47644a977c6.jpg 5e47644fb2aa2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको