Like us!
Follow us!
Connect us!
Watch us!

बाेनस शेयर जारी गर्ने विशेष प्रस्तावसहित आइएमई जनरल इन्स्याेरेन्सले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

निशा हुमाँगाई

आइतबार, ०४ फागुन २०७६, १६ : ५५ मा प्रकाशित

बाेनस शेयर जारी गर्ने विशेष प्रस्तावसहित आइएमई जनरल इन्स्याेरेन्सले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं – आइएमई जनरल इन्स्याेरेन्सले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे फागुन १ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २२औँ वार्षिक साधारण सभा फागुन २४ गते शनिबार लैनचाैर बैङक्वेटस, लैनचाैर काठमाडौंमा बिहान १० बजे सुरू हुनेछ ।

यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेकिनेछ ।

यस्तै, सभामा  सञ्चालक समितिबाट प्रस्ताव भए बमाेजिम कम्पनीकाे हाल कायम चुक्ता पूँजीकाे ६ प्रतिशत बाेनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरीनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e4926335e984.jpg 5e49263ade054.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको