Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सको सिइओ अनिल श्रेष्ठको तलव/भत्ता ३२ लाख, कर्मचारी खर्च बढेर ५ करोड

अर्थ संसार

विहीबार, १५ फागुन २०७६, १० : ४१ मा प्रकाशित

रिलायन्स फाइनान्सको सिइओ अनिल श्रेष्ठको तलव/भत्ता ३२ लाख, कर्मचारी खर्च बढेर ५ करोड

अर्थ संसार, काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडको  प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले गत आर्थिक वर्षमा तलव/भत्ता वापत ३२ लाख ५४ हजार ७८४ रुपैयाँ बुझेका छन् ।  फाइनान्सको  प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अनिल श्रेष्ठ रहेका छन् ।

त्यसै गरी फाइनान्सको अन्य पदाधिकारीहरुले तलव /भत्ता ५५ लाख ९९ हजार ४२५ रुपैयाँ   बुझेका छन् । आर्थिक वर्ष ०७५/०७६मा फाइनान्सको कर्मचारी खर्च बढेर  ५ करोड ३४ लाख २८ हजार ४२६ रुपैयाँ पुगेको छ ।  आर्थिक वर्षमा ७४/०७५ मा ४ करोड ५१ लाख ४९ हजार ५०२ रुपेयाँ रहेको थियो ।

त्यसै गरी फाइनान्सको कार्यालय खर्चमा ४ करोड ३ लाख ७१ हजार ९३९ रुपैयाँबाट बढेर आर्थिक वर्ष ०७५/७६ मा ४ करोड ५० लाख ७२ हजार २३० रुपैयाँ पुगेको छ ।

फाइनान्सले फागन १६ गते  शुक्रबार बानेश्वर बैंक्वेट, थापा गाउँ काठमाडौंमा १० औं वार्षिक साधारणसभा  बोलाएको छ । फाइनान्सले  शेयरधनीलाई ६.५८ प्रतिशत (करसहित) नगद लभांश दिने प्रस्ताव अघि सारेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको