Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको उकालो यात्रामा ब्रेक, काराेबारमा भने उस्तै उत्साह

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, १४ : ५८ मा प्रकाशित

शेयर बजारको उकालो यात्रामा ब्रेक, काराेबारमा भने उस्तै उत्साह

अर्थ संसार, काठमाडौं – साताकाे पहिलाे दिन अर्थात आज (आइतबार) शेयर बजारकाे उकालाे यात्रामा ब्रेक लागेकाे छ । केही दिनदेखि निरन्तर उकालाे लागेकाे शेयर बजारले आइतबार भने ओरालो यात्रा तय गरेकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ४०.८२ अंकले घटेको छ ।

आइतबार शेयर बजार ४०.८२ अंकले घटेर एक हजार ५९१.३६ मा झरेकाे छ ।यस्तै सेन्सेटिभ परिसूचक ७.०४ अंकले घटेर भई ३४०.६४ मा पुगेको छ ।

कूल १८३ वटा कम्पनीकाे १ कराेड २५ लाख १७ हजार २१७ कित्ता शेयर खरिदविक्री हुँदा ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज आइतबार ११ वटा उपसमूहको शेयर ओरालो लागेको छ भने एउटा उपसमूहको शेयर बढेको छ ।

आइतबार फाइनान्स ४.२५ अंकले बढेकाे छ ।

 त्यस्तै, बैंकिङ २५.२४ अंक, व्यापार २२.९२ अंक, हाेटल ६४.५ अंक, विकास बैंक ३८.३५ अंक, जलविद्युत २२.२१ अंक, निर्जिवन लाइफ ३२२.३७ अंक, उत्पादन १६९.१२ अंक, अन्य १६.२३ अंक, माइक्राेफाइनान्स ९०.२७ अंक, लाइफ इन्स्योरेन्स ४७४.६१ अंक र सामूहिक लगानी कोष समूह ०.२ अंकले घटेकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबारका आधारमा एनएमबि बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर कूल २६ करोड ६३ लाख ७४ हजार १९७ रुपैयाँको कारोबार भएको छ ।

यसैगरी, मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९० प्रतिशतका दरले प्रतिकित्ता ४१ रूपैयाँकाे दरले कमाए । यता, बाेटलर्स नेपाल तराईका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

          हेराैं आजकाे शेयर तालिका :

5e5b81b9b36cf.jpg 5e5b81bda3de5.jpg 5e5b81c3ae804.jpg 5e5b81c829d96.jpg 5e5b81cc30b51.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको